शनिबार, आश्विन १७ गते २०८३

आइएमई जनरल इन्स्योरेन्सले गर्यो कार्यालय भवन शिलान्यास

मंसिर २४, २०७८ शुक्रबार
आइएमई जनरल इन्स्योरेन्सले गर्यो कार्यालय भवन शिलान्यास

 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्याश गरिएको छ ।  का.म.न.पा. वडा नं. ३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको हो । 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भवनको शिलान्यास गरेका हुन् । समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, आइएमई ग्रुपका अध्यक्ष  चन्द्र प्रसाद ढकाल कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।