मोरिस ग्यारेजको एसयुभी नेपाली बजारमा भित्रिएको छ ।
नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्नो नक्साल शोरुममा एक औपचारिक कार्यक्रम गरी बहु–प्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा गाडीको मुल्य सार्वजनिक गर्नुको साथै ग्राहकहरुलाई गाडी को चाबी हस्तान्तरण पनि गरिएको थियो । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मुल्य रु. ५९.९९ लाख र हेक्टर सिभिटिको मुल्य रु.६४.९९ लाख रहेको छ ।
एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ ।
आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास कम्पनीले गरेको छ ।