शनिबार, आश्विन १७ गते २०८३

सिद्धार्थ बैंकद्वारा बाढी पीडितको लागि २ करोड ५१ लाख सहयोग


भाद्र १५, २०८३ सोमबार
सिद्धार्थ बैंकद्वारा बाढी पीडितको लागि २ करोड ५१ लाख सहयोग

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बश्यालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ ।