हिमालयन बैंक लिमिटेडको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ५०६औं बैठकले बैंकको संस्थापक समूह तर्फका शेयरधनी तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सरकारको पूर्वमुख्य सचिव तथा बैंक सञ्चालकलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको विज्ञप्तिमा उल्लेख छ ।
डा. अर्यालले भाद्र १५ गते सोमबार नेपाल राष्ट्र बंैकका गभर्नर प्रा. डा. विश्व नाथ पौडेल सामु पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
नेपालपत्र संवाददाता