आइतबार, आश्विन १८ गते २०८३

भोटेकोशी बाढीले जलविद्युत् आयोजना प्रभावित, ७५३ मेगावाट उत्पादन जोखिममा


भाद्र १०, २०८३ बुधबार
भोटेकोशी बाढीले जलविद्युत् आयोजना प्रभावित, ७५३ मेगावाट उत्पादन जोखिममा

 

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको अकस्मात् बाढीले रसुवा र नुवाकोटका १५ जलविद्युत् आयोजना प्रभावित भएका छन् । नेपाल विद्युत् उत्पादकहरूको संस्था (इप्पान) का अनुसार १० सञ्चालनमा रहेका र पाँच निर्माणाधीन आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान छ । प्रभावित आयोजनाको कुल क्षमता ७५३ मेगावाट छ, जसमा रसुवाका आयोजना मात्रै ५७८ मेगावाट क्षमताका छन् ।

बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना ठुलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ। यसमा निर्माणाधीन र सञ्चालनमा रहेका दुवै खालका जलविद्युत् आयोजना परेका छन्। बाढीका कारण विद्युत् उत्पादन प्रभावित हुनुका साथै निर्माणाधीन आयोजनाको कामसमेत रोकिएको छ । क्षतिको विस्तृत विवरण संकलन हुने क्रममा रहेकाे जनाइएकाे छ ।