शनिबार, आश्विन १७ गते २०८३

एमसीसीविरुद्ध कार्यालय र संसद घेराउ गर्ने कार्यक्रम

मंसिर २३, २०७८ बिहीबार
एमसीसीविरुद्ध कार्यालय र संसद घेराउ गर्ने कार्यक्रम

 

एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपालस्थित एमसीसी कार्यालय र संसद भवन घेराउ गर्ने गरिने भएको छ । विभिन्न आठ वाम घटकले संयुक्त विज्ञप्ति जारी गर्दै मंसीर २७ गते एमसीसी कार्यालय र २८ गते संसद भवन घेराउ गर्ने भएका हुन् । ती दलहरुले प्रधानमन्त्री देउवाको पहलमा एमसीसी सम्झौता संसदबाट पारित गर्ने प्रयास भइरहेको संकेत प्राप्त भएको जनाएका छन् । 

विज्ञप्तिमा भनिएको छ “पछिल्ला घटनाक्रमले नेपाली दलाल शासकहरु राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवादी  आक्रमणलाई अन्तिम रुप दिँदैछन् भन्ने प्रष्ट हुन आउँछ ।”

उनीहरुले एमसीसीविरुद्धको संघर्ष नेपाली जनताको जीवनमरणको विषय बन्न गएको जनाएका छन् । यसका विरुद्ध संयुक्त रुपमा संघर्ष चलाउन विभिन्न कम्युनिष्ट घटक र मोर्चाहरुलाई आव्हानसमेत गरिएको छ । 

विज्ञप्ति नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक आहुति, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर के.सी. ले हस्ताक्षर गरेका छन् । 

देशको सार्वभौमिकता