बुधबार, भाद्र ३ गते २०८३

गरिमा विकास बैंकको मुख्य कार्यालय बालुवाटारमा, आजदेखि सेवा सुरु


भाद्र ३, २०८३ बुधबार
गरिमा विकास बैंकको मुख्य कार्यालय  बालुवाटारमा, आजदेखि सेवा सुरु

गरिमा विकास बैंकको  केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरिएको छ । गत कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गरेको बैंकले जनाएको छ । 

बैंकका अनुसार नयाँ स्थानबाट आजदेखि केन्द्रीय कार्यालयको सेवा सञ्चालनमा आएको छ । बैंकले कार्यालय स्थानान्तरणसम्बन्धी जानकारी आफ्ना ग्राहक तथा सम्बन्धित सबैलाई गराउँदै थप जानकारीका लागि बैंकको वेबसाइट वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

बैंकको नयाँ केन्द्रीय कार्यालय बालुवाटारमा राष्ट्रपति भवनबाट नजिकै वडा नम्बर ३ को कार्यालय तथा नेपाल आर्मी कल्याणकारी बोर्डको कार्यालय नजिक रहेको छ ।