बुधबार, भाद्र ३ गते २०८३

ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा


भाद्र ३, २०८३ बुधबार
ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा


काठमाडौं — ग्लोकल प्रा.लि(ले आज गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ। नेपालमा उत्कृष्ट किशोरकिशोरीहरूलाई सम्मान गर्ने एकमात्र राष्ट्रिय मञ्च ग्लोकल टिन हिरोमा यस वर्ष सातै प्रदेशका किशोरकिशोरीहरूबाट ७९१ आवेदन परेको थियो।

सबभन्दा बढी आवेदन बागमती प्रदेशबाट २६.२७ प्रतिशत परेको थियो भने कोशी प्रदेशबाट २०.३४ प्रतिशत र मधेश प्रदेश १९.४९ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। कुल आवेदकमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला थिए, जसले युवा सशक्तीकरण र नेतृत्व, शिक्षा तथा सीप विकास, वातावरण तथा जलवायु कार्य, सामुदायिक विकास, प्रविधि तथा नवप्रवर्तन, लैंगिक समानता, स्वास्थ्य र नागरिक सहभागिता जस्ता क्षेत्रहरूमा आवेदन दिएका थिए।
सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको यो कार्यक्रम बाह्र वर्षको यात्रापछि नेपालभरका उत्कृष्ट युवा परिवर्तनकर्ताहरूलाई चिन्ने विश्वसनीय मञ्चको रूपमा स्थापित भएको छ। यस वर्ष कार्यक्रमले सबभन्दा ठूलो रूपान्तरण देखेको छ । 

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो साउथ एसिया २०२६ अन्तर्गत यसको दायरा नेपालबाहेक भारत, भुटान, श्रीलंका र बंगलादेशसम्म विस्तार गरिएको छ। पाँच राष्ट्र, एउटै मञ्च — यसले शैक्षिक उपलब्धि भन्दा बाहिरका नेतृत्व, नवप्रवर्तन र सामाजिक प्रभावलाई सम्मान गर्ने क्षेत्रीय साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्टहरू निम्न रहेका छन् ।

अर्जुन चौधरी — १५ वर्ष, विराटनगर कोशी प्रदेश, तथा प्रविधि नवप्रवर्तक साइबर सुरक्ष,अटल देव ढकाल — १९ वर्ष, अछाम सुदूरपश्चिम प्रदेश, जलवायु तथा वातावरण अधिवक्ता,जास्मिन बोहोरा — १८ वर्ष, पोखरा ९गण्डकी प्रदेश०, प्रविधि नवप्रवर्तक रकिशोर न्यौपाने — १७ वर्ष, सुर्खेत कर्णाली प्रदेश, जलवायु तथा वातावरण अभियन्ता रहेका छन् । त्यसैगरी मन्जिल बस्नेत — १७ वर्ष, बर्दिबास मधेश प्रदेश, नागरिक सहभागिता तथा सुशासन नवप्रवर्तक र सब्नम सुनार — १९ वर्ष, नवलपुर गण्डकी प्रदेश, लैंगिक तथा सामाजिक न्याय अधिवक्ता रहेका छन् ।