जनहितकारी साकोसको वित्तीय अवस्थामा छला नाफा वृद्धि र निष्क्रिय कर्जा नियन्त्रणमा सफलता
सुर्खेत, जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक वर्ष २०८२०\/८३ को नीति, कार्यक्रम, कार्यसम्पादन तथा वित्तीय अवस्थाको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि रणनीतिक कार्यदिशा तय गरिएको हो।
राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि हरिहरनाथ योगीले बर्तमान चुनौतीबीचमा सहकारी संस्थाहरूले वित्तीय अनुशासन, सुशासन, सदस्यकेन्द्रित सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकता दिँदै दिगो विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । बैठकमा प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलले वार्षिक कार्यसम्पादन, वित्तीय उपलब्धि, तथा आगामी वर्षको रणनीतिक कार्ययोजना प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१\०८२ को लेखापरीक्षित खुद नाफा रु. ११. ४ लाख रहेकोमा आर्थिक वर्ष २०८२\०८३ को अपरिष्कृत खुद नाफा रु. ६८.१० लाख पुगेको र रु.५६. ९६ लाख अर्थात् ५११.३१ प्रतिशत वृद्धि रहेको उनले बताए ।
प्रभावकारी कर्जा असुली तथा जोखिम व्यवस्थापनबाट निष्क्रिय कर्जा अनुपात ३.३३ प्रतिशतमा कायम राख्न संस्था सफल भएको उनले जानकारी दिए । आगामी वर्ष नाफा अधिकतमकरण, दिगो वित्तीय वृद्धि, कर्जा गुणस्तर सुधार, जोखिम व्यवस्थापन, सदस्य सेवा विस्तार तथा प्रविधिको प्रभावकारी उपयोगलाई प्राथमिकतामा राखिने उनको भनाई छ । नायब प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगीले नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै संस्थागत क्षमता विकास, सदस्य सेवा विस्तार, शिक्षा तथा तालिम, प्रविधिको प्रयोग र सुशासनलाई थप प्रभावकारी बनाउने कार्यदिशा प्रस्तुत बसन्त गरेका थिए ।
अध्यक्ष कंडेलले वित्तीय उपलब्धि सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी तथा सदस्यहरूको सामूहिक प्रयासको परिणाम भएको बताउँदै नाफा वृद्धिलाई दिगो, गुणस्तरीय र सदस्यकेन्द्रित बनाउनु संस्थाको प्रमुख लक्ष्य रहेको उल्लेख गरे। बैठकले आगामी वर्ष वित्तीय सुदृढीकरण, बचत तथा शेयर पूँजी वृद्धि, निष्क्रिय कर्जा थप घटाउने, कर्जा गुणस्तर सुधार, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा प्रविधिमैत्री सदस्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी स्पष्ट लक्ष्य र कार्ययोजनासहित अघि बढ्ने निर्णय गरेको छ।
नेपालपत्र संवाददाता