नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषय केन्द्रीय बैंकलाई जानकारी आएको जनाएको छ ।
यसपश्चात् उक्त बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा यस बैंकले नजिकबाट अनुगमन गरिरहेको तथा विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल भइरहेको जनाएको छ । केन्द्रीय बैकले हाल उक्त बैंकको तरलताको अवस्थालगायत वित्तीय सबलताका परिसूचकहरू यस बैंकले तोकेको मापदण्डबमोजिम सन्तोषजनक रहेको हुँदा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
हाल जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्था विद्यमान रहेकोले बैंक सञ्चालनको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा यस बैंकबाट थप छलफल र कानुनी राय समेत लिई कानुनबमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापन एवम् बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने विज्ञप्तिमा भनिएको छ ।
नेपालपत्र संवाददाता