शनिबार, आश्विन १७ गते २०८३

शोषित तथा दलित वर्गमात्र समग्र क्रान्ति चाहन्छन् र वास्तबमा क्रान्तिको अग्रदूत यिनै हुन्छन्


श्रावण १६, २०८३ शनिबार
शोषित तथा दलित वर्गमात्र समग्र क्रान्ति चाहन्छन् र वास्तबमा क्रान्तिको अग्रदूत यिनै हुन्छन्
नेपाली काँग्रेसका संस्थापक नेता, सुन्दरराज चालिसेसहित कांग्रेसको वर्तमान पार्टी–झण्डा तयार पार्ने, समकालीन राजनीतिमा ‘सूर्यबाबु’ भनी श्रद्धापूर्वक पुकारिने सूर्यप्रसाद उपाध्याय (बि.सं.१९७०–२०४१) लाई नेपाली राजनीतिका ‘चाणक्य’ भनिन्थ्यो ।
उच्च बौद्धिक स्तरका सूर्याबाबुको यो भनाई काँग्रेसका कार्यकर्ताहरूको लागि पार्टीको मुखपत्र ‘नेपाल पुकार’ २००७ भाद्र २७ को अंकमा प्रकाशित ‘जनसंगठनको आवश्यकता’ शिर्षक उहाँको लेखबाट लिइएको हो । यसको पूर्ण वाक्य छ :
“शोषित तथा दलित वर्गमात्र समग्र क्रान्ति चाहन्छन् र वास्तबमा क्रान्तिको अग्रदूत यिनै हुन्छन् । क्रान्तिको ढोंग गरेर आफ्नो मनमाफिकका परिवर्तनमात्र रुचाउने पूँजीवादी या मध्यम श्रेणीहरूले शासन ताकत हत्याएर सन्तोष गर्दछन्, जनतालाई अघि जाने बाटो बन्द गर्ने प्रयास गर्दछन्।”
Leadrsnc.jpg
हिजो साउन १५ गते सूर्यबाबुको ४२औं पूण्यस्मृति दिवस हो। नेपाली कांग्रेसका संस्थापक एकीकरणकर्ता, उच्च बौद्धिक, व्यावहारिक र नैतिक गुणले सुसज्जित, प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताको कर्मयोगी अभियन्ता नेता सूर्यबाबुलाई कांग्रेसले अझै पनि औपचारिक र विधिवत् रुपमा शीर्ष नेताको स्थानमा नराखेर घोर अन्याय गरिरहेको छ।
बीपी र सूर्यबाबु बीचको प्रभावकारिता को द्वन्द्व (clout conflict) को असर कांग्रेसले आज पनि व्यहोरिरहनु लाजमर्दो कुरा हो। सूर्यबाबुलाई कांग्रेसले शीर्ष नेताको रूपमा पुन: स्थापित गर्नु कांग्रेसको वर्तमान निर्विवाद आवश्यकता थियो, पूरा भयो। तर कांग्रेसमा उहाँको मर्यादाक्रम निश्चित नगर्नु नेतृत्वको गल्ती हो । सूर्यबाबुमा भावपूर्ण श्रद्धासुमन।
 
विश्वेश्वर' को महत्व बारे सूर्यबावुकै हस्ताक्षर तल !
 
bpkaresurypd.jpg