बुधबार, भाद्र ३ गते २०८३

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने


श्रावण ११, २०८३ सोमबार
राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता  प्रशोचन गर्ने

नेपाल राष्ट्र बैंकले  आज ३० अर्ब रुपैयाँ तरलता  प्रशोचन गर्ने  भएको छ । गत साउन ६ गते एक खर्ब बजारबाट प्रशोचन गरेको  राष्ट्र बैंकले पुनः १७९ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो ।  

बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको  छ । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ ८ गते हुने बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्। 

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । पछिल्लो सयम बजारमा अधिक तरलता रहेका कारण राष्ट्र बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आएको छ ।