बुधबार, भाद्र ३ गते २०८३

वैदेशिक व्यापारमा नयाँ रेकडः कुल व्यापार २४ खर्ब ११ अर्ब माथि


श्रावण ७, २०८३ बिहीबार
वैदेशिक व्यापारमा नयाँ रेकडः कुल व्यापार २४ खर्ब ११ अर्ब माथि

 नेपालको वैदेशिक व्यापारको आकार आर्थिक वर्ष २०८२/८३ मा  उच्च विन्दुमा पुगेको छ।  गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ भने व्यापार घाटा मात्रै १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको छ।

भन्सार विभागले   सार्वजनिक गरेको २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ रहेको थियो।

तथ्यांकले नेपालको व्यापार विस्तार भए पनि त्यसको मुख्य आधार आयात नै बनेको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। अघिल्लो वर्ष यस्तो आयात १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ रहेको थियो। एक वर्षमा आयात १६.२० प्रतिशतले बढेको हो।