हिजो जुलाई १८ : दक्षिण अफ्रिकाका राजनेता नेल्सन रोलिह्लाला मण्डेला (१९१८ -२०१३) को १०९औं जन्मजयन्ती हो। नेल्सन उनको विद्यालयका शिक्षकले राखिदिएको नाम हो । अफ्रिकामा यति अग्लो व्यक्तित्वको नेता आजसम्म कोही छैन । मन्डेला विश्वकै लागि आदर्श व्यक्तित्व हुन् ।
दक्षिण अफ्रिकामा युरोपबाट बसाईँ गएर रंगभेदी शासन चलाएका ६० लाख अल्पसंख्यक गोरा जातिको दमनका बिरुद्ध चलाएको देशब्यापी आन्दोलनमा मण्डेला पक्राउ परे र २७ वर्ष जेल जीवन (१९६३-९०) बिताए । उनी हिन्दू दर्शन, संस्कृति र जीवनपद्धतिका प्रशंसक थिए ।
अफ्रिकी राष्ट्रिय काँग्रेसका सभापति मण्डेलाले १९९४ देखि १९९९ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हाले । १९९३ मा उनलाई अर्का गोरा नेता एफ् डब्लु डेक्लार्कका साथ नोबेल शान्ति पुरस्कार दिइयो । साथै अमेरिकाको प्रेसिडेन्सियल मेडल अफ फ्रिडम, भारतको महात्मा गान्धी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार, रुसको लेनिन शान्ति पुरस्कार, पाकिस्तानको निशान ए पाकिस्तान आदि कयौँ प्रख्यात अन्तर्राष्ट्रिय पुरस्कारबाट उनी सम्मानित भए ।
उनको उपरोक्त वाणी दक्षिण अफ्रिकामा अल्बर्ट लुथुलीको शतबार्षिकीमा नेतृत्वबारे दिएको सम्बोधन भाषणको सँगालो नेल्सन मण्डेला फाउन्डेशनद्वारा २०१० मा प्रकाशित 'नेल्सन मण्डेला बाई हिमसेल्फ' नामक पुस्तकबाट लिइएको हो ।
स्वासप्रश्वासमा इन्फेक्सन भएको कारणले ९६ वर्षका बयोबृद्ध मण्डेलाको निधन भयो ।
चन्द्रमणि गाैतम