शनिबार, आश्विन १७ गते २०८३

विश्व बैंकको लगानीमा  २ प्रदेशमा बन्यो अक्सिजन प्लान्ट

मंसिर १९, २०७८ आइतबार
विश्व बैंकको लगानीमा  २ प्रदेशमा बन्यो अक्सिजन प्लान्ट


विश्व बैंकको सहुलियत ऋण लगानीमा लुम्बिनी र प्रदेश २ को प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । कोभिड(१९ विरुद्ध लड्नका लागि बैंकको सहुलियत ऋण दिएको थियो । उक्त ऋणबाट लम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा प्लान्ट स्थापना भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका क्षेत्रीय प्रमुख डा। मदन कुमार उपाध्याय र विश्व बैंक नेपाल, श्रीलंका तथा माल्दिभ्सका राष्ट्रिय निर्देशक फासिर हदाद जर्भोसले आइतबार संयुक्त रुपमा प्लान्टको उद्घाटन गरे ।  

बैंकको ऋण लगानीमा सञ्चालित (कोभिड १९ ) आपतकालीन उद्धार तथा स्वास्थ्य प्रणाली तयारी परियोजना’ कार्यक्रम अन्तर्गत आगामी २० डिसेम्बरभित्र प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि अक्सिजन प्लान्ट स्थापना हुने बैंकले जनाएको छ ।