कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाफल प्रकाशित गरेकाे राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
प्रकाशित नतिजामा सात हजार ६३ जनाले ३.६१ देखि ४ जिपिए ल्याएकाे उनले जनाए । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
काेराेना भाइरस संक्रमणका कारण कक्षा १२ को परीक्षा पटकपटक स्थगित भएर गत भदौ ३० देखि असोज ८ गतेसम्म भाैतिक रूपमा नै सञ्चालन भएको थियो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिने नियन्त्रक शर्माले जानकारी दिए ।