बुधबार, भाद्र ३ गते २०८३

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा


आषाढ १८, २०८३ बिहीबार
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम०)बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ । वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि निजी क्षेत्रको सबैभन्दा ठूलो यस वाणिज्य बैंकले ग्राहकको मिहिनेतको कमाइ सुरक्षाका लागि यस्तो कडा सुरक्षात्मक व्यवस्था मिलाएको हो ।

बैंकका अनुसार ग्राहकहरूलाई कुनै पनि सम्भावित वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको शङ्का लागेमा बैंकको ग्लोबल कनेक्टु को आधिकारिक नम्बर ०१-५९७०६०० (वा अन्तर्राष्ट्रिय कलका लागि )९७७-१-५९७०६००० मा फोन गरेर मौखिक रूपमै खाता ब्लक गराउन सक्नेछन् । 

यसका साथै, मोबाइल एप प्रयोग गर्ने ग्राहकहरूका लागि यो सेवा झनै सहज र द्रुत बनाइएको छ । ग्राहक आफैंले बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’  मार्फत सुरक्षित रूपमा खाता रोक्का गर्न सक्नेछन् । यस प्रविधिको मुख्य विशेषता भनेको ग्राहकले एपभित्र पासवर्ड वा जैविक पहिचान गरिरहनु पर्दैन । एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा देखिने कल साइनु  मा क्लिक गरी मिसकल बैंकिङु  भित्र रहेको अकाउन्ट ब्लक बाई मिसकल विकल्प छनोट गर्नासाथ बैंक खाता तत्कालका लागि पूर्ण रूपमा रोक्का हुनेछ ।

ग्लोबल आइएमई बैंकको यो अत्याधुनिक एवं द्रुत सेवाका कारण फिसिङ र स्क्याम जस्ता अनलाइन बैंकिङ अपराधहरूमा तत्कालका लागि ब्रेक लाग्ने र सर्वसाधारणको निक्षेप सुरक्षित राख्न ठूलो मद्दत पुग्ने बैंकिङ क्षेत्रका विज्ञहरूको विश्लेषण छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सम्पूर्ण वाणिज्य बैंकहरूलाई ग्राहक वा खातावालाको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकको यस निर्देशनले समग्र बैंकिङ क्षेत्रमा ग्राहक सुरक्षालाई थप सुदृढ बनाउने र ग्लोबल आइएमई बैंक जस्ता अग्रणी संस्थाहरूको सुरक्षित प्रविधिले यस कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई परिष्कृत बैिटीज सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै, बैंकले नेपाली नागरिकहरूलाई आन्तरिक बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायत विश्वका विभिन्न देशहरूबाट सुरक्षित रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।