काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको आयोजनमा देशका बिभिन्न भागमा कमरेड पुष्पलालको १०२औ जन्म जयन्ति कम्युनिष्ट एकता आजको ज्वलन्त आवश्यकता बिषयमा छलफल केन्द्रि गरी मनाइयो । असार १५ गते १९८१ सालमा रामेछपा जिल्लाको भँगेरीमा जन्मनु भएका कमरेड पु्ष्पलाको जन्म दिवस उहाँले देश र जनताको मुक्ति र प्रगतिको लागि दिनु भएको ऐतिहासिक र अमूल्य क्रान्तिकारी योगदानको चर्चा गर्दै नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यालयको आयोजनमा सम्पन्न भएको हो

त्यस समारोहलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले देशमा आमूल परिबर्तनकारी क्रन्ति सम्पन्न गर्न र त्यसको पूर्बाधार तयार गर्न स्थाई अस्थाईरुपमा मिल्न सकिने मिलाउन सकिने सबै जनताका शक्तिहरुलाई गोलबन्द गर्न बिशेष अबस्थामा एकताको प्रश्न ज्गलन्त र अपरिहार्य बन्ने कुरा कमरेड पुष्पलालबाट सिक्नु पर्ने एउटा मूलभूत कुरा हो भन्ने पृष्ठभूमि दर्शाउदै्र अहिले राष्ट्रिय स्वाधीनता र जनतन्त्र खतरामा परेको र जन जीबिका पनि कष्टप्रद बनिरहेको बिशिष्ठ परिस्थितिमा क्रान्तिकारी कम्युनिष्टहरुको एकता(त्यो कार्यगत, सहकार्यगत, मोर्चागत या पार्टीगत जे सम्मव हुनसक्छ) ज्वलन्त आवश्यकता बनेको कुरा प्रष्ट पार्नु भयो । पार्टीगत एकताका लागि दार्शनिक, बैचारिक, सैद्धान्तिक तथा कार्यनीतिगत सबै कुरा मिल्नु पर्ने र त्यसका लागि बढी मेहनत गर्नु पर्ने कुरा क्रन्तिकारीहरुका लागि सर्ब स्वीकार्य कुरा नै हो भन्ने दर्शाउदै र कमरेड पुष्पलालको समयमा जुन पाँचवटा मूख्य अन्तरबिरोध अघि सारिएका थिए तीमध्ये क( पुष्पलालले सामन्ति अधिनायकबादी पञ्चायती ब्यवस्था नेपालको प्रगतिको मूख्य अबरोधक शक्ति हो भन्ने कुरा नै अन्तत सर्ब स्वीकृत भएको थियो । यसैका उहाले पार्टी एकता, बापन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जन आन्दोलनको सही नीति अघि सार्नु भएको निरन्तर त्यसमा अडिग रहेको कुरा औल्याउनु भएको थियो । उहाँले राष्ट्रिय प्रसंग कोट्याउँदै हिजोको निर्मम समीक्ष नगरी र गतल साबित कुरालाई परित्याग नगरी एकताको रट लगाउदैमा आवेग र उत्तेजनामा गरिएको एकता बिश्वनीय र टिकाउन नहुने गरेको यथार्थ पनि औल्याउनु भएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत अभिबादन गर्नु हुँदै नेपाल कम्युनिष्ट पार्टी, सचिवालय सदस्य कमरेड नारायण शर्माले कम्युनिष्ट एकता ज्वलन्त आवश्यकता मान्ने आजको राष्ट्रिय आवश्यकता हो भन्ने मनन सबैलाई जोडदार स्वागत गर्न चाहन्छु । बिशेष गरेर लोककृष्णजीलाई म एकताबद्ध हुन आह्वान गर्नु भयो । इतिहासले हामीलाई एकताबद्ध हुन आज जोडदाररुपमा घच्घच्याई रहेको छ । आजको दिनमा संसदमा नभएका सबै क्रान्तिकारीहरु एकताबद्ध हुने प्रण गरौ कुरामा जोड बिशेष जोड दिनु भयो । नेपाल कम्युनिष्ट पार्टी एकताको अभियानमै छ र आगामी दिनमा यसलाई पनि निरन्तरता दिनेछ । एकता, ध्रबीकरण, संघीय पार्टी बनाएर भए पनि एकताबद्ध होऔ संकीर्णतबाट मुक्त होऔ) भन्ने बिशेष आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्नु हुँदै पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईले पुष्पलालको नीति पक्रेर देशमा परिबर्तन ल्याए पनि परिबर्तन पछि त्यसलाई जनता र राष्ट्रको हितमा प्रयुक्त गर्न छोडेर भ्रष्टचार, मानब तस्करी, कमिशनखोरीमा डुबेर जन बिश्वास गुमाएका शक्तिहरुले आत्म समीक्षा गरे भने संसबादी धारका कम्युनिष्टहरुको एउटा पार्टी र त्यस बाहिरका क्रान्तिकारी धारको अर्को मोर्चा बन्न सक्छ । त्यसको निम्ति प्रयत्न गर्ने जिम्मा पुष्पलालका सच्चा अनुयायीहरुकै हो भन्ने कुृरामा बिशेष जोड दिनु भयो ।
पुष्पलाल अध्ययन समाजका उपाध्यक्ष तथा ऋषि कट्टेलले नेतृत्वमा रहेको कम्युष्निट पार्टीको पनि उपाध्यक्ष रहेको कुरा मैले लुकाएर लुक्दैन भन्नु हुँदै रामबहादुर भण्डारीले संसदीय चुनावलाई हेर्ने दृष्टिकोणको आधारमा क्रान्तिकारी र गैर क्रान्तिकारी छुट्टिने र त्यसैका आधारमा एकता हुन सक्ने नसक्ने निक्र्यौल हुने आप्mनो पार्टीको दृष्टिकोण रहेको बताउनु भयो । ज्वलन्त आवश्यकता नभने पछि हुन्छ । एकता सधै आवश्यक छ भन्ने कुरा ब्यक्त गर्नु भयो ।
पुष्पलालको साथमा लामो समय बनारसमा रहनु भएका प्रगतिशील बुद्धिजीवी गोपीरमण उपाध्याय (गोपी गुरु) पुष्पलालका अमूल्य योगदान र मार्गदर्शनलाई परित्याग गर्दा कम्युनिष्ट आन्दोलन क्षतबिक्षत भएको र अब उहाँको नीति लिएर सही बाटो लाग्ने पुनः अठोट गर्नुको बिकल्प छैन भन्नु भयो ।

नेपाल प्रगतिशील बुद्धिजीवी संघका अध्यक्ष महादीप पोखरेलले बहुदलीय जनबाद र एक्काइसौ शताब्दीको जनबाद असफलभएका बाटाहरु हुन् अब कमरेड पुष्पलालले अघि सारेको नयाँजनबादी क्रान्तिको मूलबाटोबाट अघि बढ्नु बाहेक अरु बिकल्प छैन ।अहिलेको नेपालको समस्या नबउदारबादी पश्चिमा साम्राज्यबाद र यहाँको सत्तामा रहेको र बिस्थापित भएको यथास्थितिबादको समस्या हो। यसलाई चिरेर अघि बढ्नु पर्ने चूनौति कम्युनिष्ट आन्दोलनको अगाडि छ भन्नु भयो ।
अखिल नेपाल प्रगतिशील बुद्धिजीबी संघका प्रमुख सल्लाहकार बरिष्ठ अधिबक्ता डीपी पौडेलले अहिलेसम्म कम्युनिष्टको एकलौटी सरकार नबनेको छ्यासमिसे बनेर खिचडी सरकार बनेकोले के गर्न सक्छ भनेर यथार्थ निचोडमा पुग्न नसकेको कुरा भए पनि सरकारले दिनपर्ने सुशान दिन नक्सदा र भ्रष्टाचारको भुवरीमा प्रबेश गर्दा गलत तरीकाले बिस्थापित हुनु बाध्य भएको हामीले देख्यौ । त्यसपछि असंबैधानिक तरीकाले बनेको सरकारले चुनाव गरायो । त्यसपछि पनि स्थिति सुध्रने छाँटकाँट देखिदैन । बाहिरी खेल र भित्री जालझेल फेरि पनि चलिरहेको छ । यस्तो गतिबिधि नेपाली जनता र राष्ट्रको हितमा छैन भन्नु भयो ।
अखिल नेपाल प्रगतिशील महिला संघको संयोजक सीता सुबे्दीले महिलाहरु सचेत, संगठित र संघर्षशील नभइकन देशमा नयाँ जनबादी क्रान्ति सफल हुँदै भन्ने जुन कुरा पार्टीको स्थापना कालदेखि नै भन्नु भयो महिला संघ लगायत जन बर्गीय संगठनहरु बनाउनु भयो त्यो एकीकृत आन्दोलन उठाउन र नेपाली जनताका बिभिन्न तह र तप्काको खोजी नै थियो र सही थियो । त्यसैले शुरु देखिनै कमरेड पुष्पलाल दूरदर्शी र सुझबुझपूर्ण किसिमले चल्नु हुँदोरहेछ भन्ने कुरा प्रष्ट छ । उहाप्रति र्हािर्दक सम्मान ब्यक्त गर्दै र क्रान्तिकारी सबै कम्युनिष्टहरु जनता र राष्ट्रको हितमा एकजुट होऔ भन्ने हार्दिक आह्वान गर्दछु भन्न भयो ।
अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज भुवन फुँयालले आफुले कमरेड पुष्पलालको नेतृत्वमा रहेको पार्टीबाटै कम्युनिष्ट आन्दोलनमा प्रबेशगरेको स्मरण गर्दै उहामाथि लगाइएका आरोपहरु गलत साबित भए। उहा नेपाली शोषित पीडित जनता खाशगरी किसानका समस्या हल गर्न किसान आन्दोलन उठाउने क्रान्तिकारी नेता हुनुहुन्थ्यो । सबै प्रकारका बिदेशी हस्तक्षेप बिरोधी हुनुहुन्थ्यो । कम्य्ुनिष्ट आन्दोलनमा उहाँको गौरबशाली इतिहास रहेको छ भन्ने कुरा ब्यक्त गर्नु भयो ।्
कमरेड पुष्पलालसँग पाच छ बर्ष प्रशिक्षण लिएर उहाको नेतृत्वमा काम गर्न पाएको गौरबमय अनुभूति सुनाउनु हुँदै पुराना सगरमाथा अञ्चलमा पार्टी स्थापना गर्नेहरुमध्यै एक पुराना र सम्मानित सदस्य हरि राहुतले आफुलाई पुष्पलालको चिन्तन, चरित्र र ब्यवहार हेर्दा नेपालको त्याग तपस्या र दुःखमा पनि सहनशील अर्को बुद्ध जस्तै लागेको आफ्नो अनुभूति सुनाउनु भयो र भन्नु भयो शायद उहाँ नभएको भए पञ्चायत बिरोधी संयुक्त आन्दोलन पनि हुन्थ्यो हुदैनथ्यो भन्ने लाग्छ । असल मान्छेकै असल गुरुकै पछि लागिएछ भनेर मनमा गौरब लाग्छ ।
कमरेड पुष्पलालको सम्मानमा एक मिनेट मौन धारण गर्दै र उहाँको तस्वीरमा पुष्पार्पण गर्दै शुरु भएको उहाँको जन्म जयन्ति कार्यक्रमको सञ्चालन गदै पार्टी कार्यलय इञ्चार्ज मुकुन्द आचार्यले कमरेड पुष्पलालका योगदानहरु महत्वपूर्ण, ऐतिहासिक र अबिस्मरणीय छन् । धेरै कृतिहरु र लेखहरु उहाँले हामीलाई छोडेर जानु भएको छ उहाँका योगदानको बारेमा थप खोज गर्नु जरुरी छ भन्नु भयो ।
कार्यक्रमको अन्त्यमा किसान नेता हरि फुँयाल र महिला नेतृ सीता सुबेदीको सौजन्यतामा उपस्थित सबैलाई असार १५ गतेको उपलक्षमा दही चिउराले स्वागत गरिएको थियो ।
यसैगरी उदयपुर बेल्टार, धनुषाकाे ढल्केबर, बाराकाे कचाेर्वा तथा चित्तवनकाे नारायणढमा पनि कमरेड पुप्पलाल जयन्तिकाे सन्दर्भमा कार्यक्रमका समपन्न गरिएकाे समाचारमा जाइएकाे छ ।
नेपालपत्र संवाददाता