शुक्रबार, कार्तिक ७ गते २०८३

अमेरिका–ईरान समझौतामाथि मडारिदो इज्रायली अपशकुन !


आषाढ १२, २०८३ शुक्रबार
अमेरिका–ईरान समझौतामाथि मडारिदो इज्रायली अपशकुन !
लोकनारायण सुबेदी
वाशिङ्गटन र तेहरान बीच बल्लतल्ल भएको एउटा  नाजुक कूटनीतिक सफलता सोझै  लेबनानमा इजÞ्रायली सैन्य आक्रामकतासँग टकराउन पुगेको छ । यो अमेरिकी–ईरान सम्झौताले वास्तवमा के हासिल गर्न चाहेको थियो ? यस सम्झौतामा हस्ताक्षरले ईरानमा युद्ध समाप्त गर्ने, हर्मुज जल डमरुमध्यलाई पुनः निर्बाध खुल्ला गर्ने र तेहरानको परमाणु कार्यक्रम लगायत ब्यापक मुद्दाहरुका बिषयमा साठी दिने बार्ता शुरु गर्ने कुराहरु थिए । यसका अतिरिक्त यो शान्ति सम्झौतामा लेबनानमा  लडाई रोक्ने उदेश्य पनि थियो । वास्तवमा यस शान्ति सम्झौताको मर्म र भावनालाई सर्सरी हेर्ने हो भने लेबनानमा लडाई रोक्ने कुरा पनि यसमा पर्नु निकै महत्वपूर्ण थियो । यसरी हेर्दा यो त्यो क्षेत्रमा युद्ध र युद्धको खतरा रोक्ने निकै महत्वपूर्ण तर नाजुक कूटनीतिक सफलता जस्तो लाग्दथ्यो । तर त्यो अहिले लेबनानमा इज्रायली सैन्य आक्रमकतासग टक्कराउन पुगेको छ र गम्भीर खतरामा परेको छ । यसले गर्दा यो सम्पन्न शान्ति सम्झौता गहिरो कालो छायामा पर्न थालेको छ । बिश्लेषकहरु के मान्दै र बिश्वास गर्दै थिए भने जुन यो सम्झौता भएको छ यो एक पिढी पछाडि मध्य–पूर्बमा एउटा सबैभन्दा निर्णायक कूटनीतिक पहलको साच्चै मीलको पत्थर बन्न सक्ने थियो ।
हुन पनि आधुनिक मध्य–पूर्बको कूटनीतिक इतिहासको दायरमा शान्ति प्रायः सधैजसो सबैभन्दा नश्वर बस्तु रहँदै आएको थियो । यो कटु सत्य अहिले एक पटक पुनः पूरै तीब्रताका साथ आउन थालेको महसुश हुँदैछ । गएको १९ जून २०२६ का दिन अमेरिका र ईरानका बीच स्वीटजरल्याण्डको  शान्ति पर्बतीय क्षेत्रमा स्थित रिसोर्ट बुर्गनस्टाकमा निर्धारित कार्यान्वयन बार्ता शुरु हुनुभन्दा पहिलानै भाँडिन थालेको देखियो ।
 
यो समझौताको संरचना बुझ्रनका लागि र यसबाट बिश्व एउटा ऐतिहासिक सफलाताको कति निकट पुगेको थियो भनेर थाहा पाउनका लागि आवश्यक के छ भने वास्ता अमेरिका–ईरान बीचको यो सम्झौताले के हासिल गर्न खोजेको थियो । यस सम्झौतामा हस्ताक्ष्र गरेर ईरानमा युद्धको अन्त्य, हर्मुज जलडमरु पुन खोल्ने र तेहरानको परमाणु कार्यक्रम समेत अन्य ब्यापक बिषय बस्तु सल्टाउनका लागि ६० दिनको बार्ता शुरु गर्ने महत्वपूर्ण कुरा थियो । साथै यो सम्झौतमा लेबनानमा चलिरहेको युद्ध पनि रोक्ने कुरा थियो । यसरी यो सम्झौता निकै महत्वपूर्ण कूटनीतिक उपलब्धी हुनसक्ने सम्भाबना बोकेको सम्झौता लाग्दथ्यो ।
तर यस नाजुक क्रूटनीतिक क्षणमा ईजरायल न हस्ताक्षरकर्ताकोरुपमा देखियो न बार्ताको माध्यमकोरुपमा तर उ एउटा सक्रिय बिध्वंशक खलनायककोरुपमा मैदामा उत्रियो । इज्रायली सेनाले लेबनानमाथि हिज्जबुल्लाहहरुको ठेगाना ठेगानमा रातभरी बमबर्सा गर्न थाल्यो । लेबनानको सरकारी समाचार एजेन्सीले उल्लेख गरे अनुसार कम्तिमा पनि १८ जना मानिसको हत्या ग¥यो । जबकि त्यो पूरै क्षेत्रमा शत्रुता रोक्नका लागि बनाइएको भनिएको अमेरिकी–ईरानी संरचना यतिबेला लागु भएको थियो । इज्रायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन ग्वीरले घोषणै गरे कि – ‘प्रूरा लेबनान युद्धको आगोमा जलेर भष्म हुनुपर्दछ’ । यसमा ईरानी बिदेश मन्त्री अब्बास आराघाचीले स्पष्ट जबाफ दिदै भने कि ‘इज्रायल स्थाई युद्ध चाहन्छ । उनले बेन ग्वीरको यस सम्वन्धि बयानलाई पनि कुनै सर्बसाधारण मानिसको बर्बराहट हो्इन, एक जना सत्तासीन सुरक्षा मन्त्रीको सार्बजनिक पोष्ट बताउँदै ईरान यस्ता इज्रायली हमलाको घोर बिरोध गर्दछ र  अमेरिकालाई  त्यसको परिणमका लगि पूर्ण जिम्मेवार  मान्दछ भने । 
लेबनानमाथिको हमलालाई लिएर उत्पन्न त्यो पछिल्लो बिबादले पूरै कूटनीतिक संरचना मुनि बग्ने नदी जस्तो बनेर अन्तसम्झौताको जगलाई नै  नराम्रोसँग हल्लाउन खोज्यो । यद्यपि पाकिस्तान, जसले यो युद्ध बिरामका लागि मध्यस्थता गरेको हो उसले स्पष्ट पार्न खोजेको छ कि लेबनान युद्ध बिरामा सामेल छ, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले त पत्रकारहरुलाई बताएका पनि छन् – अमेरिका यस कुरामा सहमत छैन कि इजायलले त्यस देशमथि हमला बन्द गरिदिने छ ।यस आधारभूत अस्पष्टताले कि लेबनान सम्झौतको परिधि भित्र छ या बाहिर यसले इज्रायललाई त्यो ‘अपरेटिभ स्पेश’  अर्थात खेल्ने छिद्र दिएको छ । त्यसैले उसले आफ्नो सैन्य अभियान त्यतिबेला पनि जारी राख्ने छ जतिबेला अमेरिका र इरानले गरेको यो शान्ति मझौताको मसी पनि सुक्न पाएको हुदैन । 
अमेरिका दुइटा पाटाका बीच यस प्रकरणलाई बिशेषरुपले महत्वपूर्ण बनाउने कुरा के छ ने अक्टोबर ६ पछिको आजको युगमा शायदै पहिलो पटक बरिष्ठ अमेरिकी अधिकारीहरुले इज्रायली काराबाहीलाई सार्बजनिकरुपमा एकदमै कडा आलोचना ती शब्दमा गरेको छ जुन एक बर्ष अघिसम्म त अत्यन्तै अकल्पनीय लाग्दथ्यो । जेडी भान्सले अमेरिकी–ईरान सम्झौतामाथि इज्रायलको अत्तालिएर प्रतिकृया दिने  ‘फ्रीक आउट’को निन्दा गरेका छन् । अमेरिकी ह्वाइट हाउसले यो ईरानसँगको सम्झौतालाई जोडदार राजनीतिक पूँजी बनाउन खोजिरहेको छ त्यसले गर्दा अमेरिका यस कुराबाट निराश बनेको छ कि उसको सबैभन्दा निकटको क्षेत्रीय सहयोगी इज्रायल सक्रियरुपमा अमेरिकाको कूटनीतिक ढाँचालाई कमजोर पार्न उद्यत छ । ट्रम्प र नेतन्याहू बीचको लेनदेनको स्वरुप जसलाई लामो समयदेखिको अटुट सम्वन्धकोरुपमा प्रस्तुत गर्ने गरिन्थ्यो र जानिन्थ्यो अहिले त्यसको वास्तबिकता के ?  भन्ने देखिन थालेको छ ।  यद्यपि यो राजनीति फेरि पनि अमेरिकी प्रशासनको आफ्नो स्थितिमा एक संरचनात्मक बिरोधाभास हो । 
लेबनानको युद्ध बिरामmनई यस ढाँचाभित्र स्पष्टरुपमा शामेल गर्न अस्वीकार गर्नाले अमेरिकाले इजरायलाई त्यो कानुनी अस्पष्टता प्रदान गरिदियो जुन अस्पष्टता लेबनानामथि हमला गर्न इज्रायललाई आवश्यक थियो । त्यस अस्ष्पष्टताको परिणाम अब एउटा स्थगित शान्ति प्रकृया र दक्षिण लेबनानमा हिंसाको नयाँ चरणकारुपमा सामुमा आएको छ । जहाँ इज्रायली हवाई हमलाहरु र तोपखानाबाट मृतकहरुको संख्या गएको शुक्रबार मात्रै ४७ पुगिसकेको थियो । अहिले अझ धेरै बढिसकेको होला । इज्रायाली हवाई हमला र तोपखानाले नबातिया शहर र आसपासका क्षेत्रलाई निशासन बनाइरहेका छन् ।अझ अगाडिको कुरा गर्ने हो भने अगाडिको बाटो लेबनानको प्रश्नमा मानबीय चिन्ताको बिषय होइन, यो कुनै पनि दीगो अमेरिकी–ईरानी शान्ति केन्द्र बिन्दूमा रहेको छ । हिज्जबुल्लाह ईरानको सबैभन्दा सबल क्षेत्रीय प्रतिनिधि पनि हो । अनि तेहरानको यो क्षमता भने उसले शान्ति सम्झौतमामा लेबनानमाथि इज्रायली अभियानको अन्त्य पनि सामेल छ भन्ने कुनै पनि यस्तो सम्झौताको राजनीतिक बैधताका केन्द्रीय महत्वको बिषय हुने गर्दछ । अहिलेको यो बिषयलाई ईरानी नेतृत्वले आफ्नो घरेलु दर्शकहरुलाई भजाउन या बेच्न सक्तछ । उता नेतन्याहुले कसम नै खाएको छ कि आईडीएम लेबनानको बफर जोनकोरुपमामा त्यसबेला आवश्यक हुने ह्ुन्छ, यस्तो एउटा स्थिति जसले सोझै त्यस कुराको खण्डन गर्दछ जसलाई ईरानले के सम्झन्छ भने सम्झौताको आवश्यकता छ । 
अमेरिका र इरान बीच द्विपक्षीय सम्झतौता त्यतिबलो टिक्न पाउने र्छैन जतिबेला उसले जमिनमा क्षेत्रीय अभिनेतहरुलाई नियन्त्रित गर्ने कुरामा असफल हुन्छ या हुनपुग्दछ । लेबनानमा एउटा बिस्तृत, एकर्फी  अभियान चलाउने चुनाब गरेर इज्राज्यलले सफलतापूर्बक  शान्ति प्रकृयालाई पंगु बनाइदिएको छ । त्यसैले जबसम्म अमेरिकाले इज्रायली अभियान रोक्नका लागि निर्णायक दबान उत्पन्न गर्न सक्तैन यो इस्लामाबादमा निकै मेहनतकासाथ हालिस गरिएको सम्झौताको ऐतिहासिक असफता नै तीब्ररुपमा बिघटनको बाटो लाग्न सक्छ । अनि क्षेत्रीय संघर्षले अझ बढी अस्थिरता उत्पन्न गर्न पनि सक्छ ।
अनेका झमेलाका बाबजुद अहिले बार्ता पुनः शुरु भएको छ । अहिलेसम्मका घटनावलीबाट प्रष्ट हुन्छ कि मध्य–पूर्बमा कुनै पनि शान्ति सम्झौतालाई तोडफोड गर्ने अहिलेसम्मको इज्रायलको उपद्रबी र गम्भीर खतरनाक प्रबृत्तिलाई केन्द्रमा प्रस्तुत गरिसकेको छ । त्यसैले जबसम्म अमेरिकाले इज्रायललाई लगाम लगाउदैन मध्यपूर्बमा कुनै स्थाई शान्ति हासिल हुने कुरा अझै टाढै रहन जान्छ । पछिल्लो समयमा त अमेरिकाको इज्रायलप्रति असन्तुष्टीका संकतहरु देखिन थालेका छ् ।डोनाल्ड ट्रम्पको यो भनाइले पनि कि इज्रायललाई अब अमेरिकी सुरक्षाका लागि अमेरिकी छत्रछाया मिल्ने छैन । यद्यपि यसलाई यथार्थमा बद्लिनका निम्ति पश्चिमा शक्तिहरु बिशेषगरी अमेरिकाबाट अझ बढी स्पष्ट र ठोस कदम उठाउन आवश्यकछ । कुनै पनि किसिमको छलछामले अमेरिकाको घरेलु र अन्तर्राष्ट्रिय रहेसहेको छबि पनि धुलधुसरित हुनसक्छ ।