नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरिएको जनाएको छ । पोखरा फाइनान्सको २०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आ.ब. २०८१/८२ को पहिलो त्रयमासको गैरस्थलगत विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात् राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात भन्दा अत्यन्त न्यून देखिएकोले सुधारात्मक कारवाही गरेको थियो ।
२०८१/१०२३ को पत्रानुसार त्यस संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारवाही गरिएको सूचनामा उल्लेख छ । समृद्धि फाइनान्स कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनार्थ समितिको ०८३÷०१÷१७ को निर्णयबाट अन्तिम स्वीकृति प्रदान भए पश्चात् त्यस संस्थाको गत वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा कायम हुने संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र पुँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएकोले सुधारात्मक कारवाही फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
समितिको असार १० गतेको निर्णयबाट समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एकीकृत कारोबार शुरु हुने मिति देखि लागू हुने गरी पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारवाही फुकुवा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता