शनिबार, कार्तिक ८ गते २०८३

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड


आषाढ ५, २०८३ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

 

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतिजामा अघिल्लो वर्षको तुलनामा ८.५८ प्रतिशतले सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने गत वर्ष यो संख्या ६१.१७ प्रतिशत थियो।

२०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गर्दै बोर्डले यस वर्षको उपलब्धिलाई सकारात्मक सुधारका रूपमा व्याख्या गरेको छ। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणसम्म संलग्न जनशक्तिलाई तालिम दिइएको थियो, जसले नतिजा सुधारमा सहयोग पुगेको छ।

उनले नतिजा सुधारको श्रेय कुनै एक कारणलाई मात्र दिन नसकिने बताउँदै विद्यार्थीको मेहनत, शिक्षकको प्रभावकारी अध्यापन तथा विद्यालयहरूको सक्रिय भूमिकाले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। बोर्डका अनुसार विद्यार्थीलाई नमुना प्रश्नपत्रमार्फत पूर्वतयारी गराइनु, प्रश्नपत्रमा गरिएको सुधार तथा विद्यालयहरूको निरन्तर प्रयासका कारण पनि यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा राम्रो आएको हो।