नेपाल राष्ट्र बैंकले आज ७० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । राष्ट्र बैंकले ७७ दिने अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता रहेपछि राष्ट्र बैंकले पटक पटक रकम खिच्दै आएको छ ।
दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले आफूले राख्न चाहेको रकम, चाहेको ब्याजदर तोकेर आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले प्रस्तावित न्यूनतम ब्याजदरका आधारमा रकम लिनेछ ।
न्यूनतम १० करोड तथा बढीमा ५ करोड रुपैयाँले भाग जाने कुल रकमसम्म संस्थाले आवेदन दिन सक्नेछन् । यो रकम २०८३ भदौ ५ गते परिपक्व हुनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । जसले गर्दा राष्ट्र बैंकले प्रायजसो बजारबाट रकम खिच्दै आएको छ।
नेपालपत्र संवाददाता