शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकास बैंकको २१.०४ प्रतिशत लाभांश प्रस्ताव

मंसिर १३, २०७८ सोमबार
महालक्ष्मी विकास बैंकको  २१.०४ प्रतिशत लाभांश प्रस्ताव


महालक्ष्मी विकास बैंकले २१.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से )समक्ष २० प्रतिशत बोनस सेयर र १.०४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। 

बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले ३ अर्ब ३४ करोड २४ लाख चुक्ता पुँजीको २१.०४ प्रतिशतले हुन आउने ७० करोड ३६ लाख लाभांश प्रस्ताव गरेको हो। लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि लाभग्राहीको खातामा जम्मा गरिनेछ।