शनिबार, आश्विन १७ गते २०८३

पहिलो पटक गरिब र विपन्नका लागि जनमुखी कार्यक्रम अर्थमन्त्री शर्मा

मंसिर १३, २०७८ सोमबार
पहिलो पटक गरिब र विपन्नका लागि जनमुखी कार्यक्रम अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले सरकारले पहिलो पटक गरिब र विपन्नका लागि जनमुखी कार्यक्रम ल्याएको बताएका छन् । पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण, दीर्घ रोगीलाई मासिक पाँच हजार उपचार खर्च, घाइते अपाङ्गता भएका व्यक्तिलाई उपचार खर्च दिनेजस्ता कार्यक्रम सोही अनुसार बजेटमा राखेको उनको भनाइ छ । 

नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीले आयोजना गरेको सभालाई आइतबार सम्बोधन गर्दै उनले गरिबी र अभाव अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताए ।

सो अवसरमा उनले राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक तीन हजारका दरले जीवनवृत्ति प्रदान गर्न लागिएको, हरेक पालिकामा कम्तिमा ५०० युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बिमाको प्रिमियम अनुदान ८० प्रतिशत पुर्‍याइएकोजस्ता कार्यक्रमको चर्चा गरेका थिए ।