बुधबार, भाद्र ३ गते २०८३

चीनको शाङ्गशी कोइला खानीमा दुर्घटना हुँदा ८२ जनाको मृत्यु ९ बेपत्ता


जेठ ९, २०८३ शनिबार
चीनको शाङ्गशी कोइला खानीमा दुर्घटना हुँदा ८२ जनाको मृत्यु ९ बेपत्ता

चीनको कोइला खानीमा ठूलो बिस्फोटन हुन जाँदा ८२ जना कोइला मजदुरको मृत्यु भएको र ९ जना बेपत्ता रहेको समाचार छ । चीनको शाङ्रगशी प्राान्तमा रहेको यो कोइला खानीमा दुर्घटना भएको हो । त्यो कोइला खानीमा २४७ जना मजदुरहरुले काम गर्दै रहेका थिए ।

यो दुर्घटनाप्रति संबेदनशी हुँदै चीनका राष्ट्रपति शी जिनपिङ्रगले तत्काला उद्धार र राहत कार्यमा लाग्न तथा जिम्मेवारमाथि कारबाही गर्न समेत आदेश दिइसक्नु भएको छ । बितेको कयौ बर्षयताको यो चीनको सबैभन्दा ठूलो कोइला खानी दुर्घटना मानिएको छ ।