बुधबार, भाद्र ३ गते २०८३

मोहनविक्रम सिंहसँग केही जिज्ञासा : परशु काेइराला


जेठ ९, २०८३ शनिबार
मोहनविक्रम सिंहसँग केही जिज्ञासा : परशु काेइराला
Parashuk.jpg
परशु काेइराला
...म मोहनविक्रम सिंहलाई उमेर,अवस्थाले पनि बाबुसरहका र बुझाइ,अनुभव, चेतनाका आधारमा पनि अग्रजका नाताबाटै सम्मान गर्छु । अग्रजहरुका लेखन विचारले परिवर्तनमा धेरैथोरै योगदान गरेका हुन्छन् नै । तैपनि हामी पृथक विचारमा छौं । उहाँ र मोहन वैद्य पुराना जीवित मध्यका सिनियर लेखक पनि हो । प्राय प्रगतिशील र वैचारिक लेखकहरुलाई सम्मान गर्छु । र समय मिले पढिन्छ र विचारहरुमाथि आँखा लगाइन्छ पनि ...!
मानिसहरु लेख्छन् ,भन्छन्- ' मोहनविक्रम सिंहलगायत धेरै नेताहरु लामो समयसम्म पनि खासै परिणाम दिन नसक्ने असफल नेता हुन् ।' केहीथरि भन्छन् -उनी भारतमोह राख्ने र कहिल्यै पद छोड्न नचाहने नेता हुन् । उनले भारतका विरोध कतै गर्दैनन् । ...पछिल्लो उपन्यास जलजलाका पात्र,ठाउँ ...अधिकाँश भारतकै छ ।
भयङ्कर खर्चिलो र जनसाधारणले किन्न र समय लगाएर पढ्न पनि नसक्ने २२/२३ बर्षै लगाएर सिंहद्वारा लेखिएकै भनिने जलजला उपन्यासलााई प्रगतिवादी उपन्यास मान्न त सक्दिनँ म । गुण नभेटिएपछि त्यस उपन्यासलाई प्रगतिवादी ... मार्क्सवादी पनि मान्दिनँ म । ...
...न विद्रोह ,...न योजना ,परिणाम ...र क्रान्ति !, ...छ भने केवल परिणामविहीन खर्चालु घुमघाम र केही अतिगोप्य भेटघाट छ ...।...आदिम युगदेखिका इतिहासमा दर्ज भएका इतिहासहरू छन् । त्यसमा नेपाल थोरै छ । भेटघाटमा सीमित वर्ग आन्दोलन छ ।...धेरै भारतै छ ।...भारतदेखि खर्चिला ...देशहरु हुँदै अन्तरिक्ष भ्रमण ...आदि आदि छ ...! उपन्यास पढ्दा गति पाएजस्तो ...नेपालकै चिन्ता मिसिएझैं लागे पनि अन्तिमसम्मका निष्कर्ष चाहिं त्यस्तो लागेन ...। ...लाग्दै लागेन । पात्रहरुलाई डुल्ने खर्च ,मस्ती गर्ने खर्च ...स्रोत ...! कतै देखिन्न । संसारका धार्मिक,साँस्कृतिक, राजनैतिक, ...व्यापक विश्व परिवेशका पृथ्वी र आदिम मानव ...! आदिमकालदेखिका सूचना, विवरणका चाङहरु छन् । त्यो हुनु ,घुम्नु ,घुमाउनु मात्रै मात्रै पनि उपन्यास होइन लाग्ने ...। त्यसो त नायक,सहनायक र नायिका सहनायिकाका फजुल अन्तराष्ट्रिय घुमफिर र विलास नेपाली क्रान्तिलाई उठाउने मनसायबाट आएका पनि लागेन । लाग्दै लागेन ...!
' ...किन चाउरिएछ मरिच ? आफ्नै ढङ्गले ...' के विहेका लागि विहेपूर्व नै धेरैदेशहरु हुँदै रुससम्मै पुग्ने क्षमताका कम्युनिष्टहरु नेपालमा होलान् ? ...डा.जगदीश र सुनन्दाका भ्रमणका अन्तिम निष्कर्ष र ट्याकै छोडेका ...अरु पात्र जोडिएका घटनासम्मले ... के क्रान्ति भनेको समर्थकलाई दुख दिन र घुम्नु मात्रै हो ? यस टिप्पणीलाई ...सामान्य भुँइ पाठकका भूँइ टिप्पणी मात्रै बुझ्नु है आदरणीयहरु ......!
साभार : परशु काेइरालाजीकाे मुहारपुस्तिकाबाट २०८३ जेष्ठ ९