नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सिएक्सओ प्रताप श्रेष्ठ र सिबिओ अभय रिजाल, तथा प्राईम बैंकको तर्फबाट डिजिटल बिजनेशको इन्चार्ज नकुल पौडेल र कार्ड सेन्टरको इन्चार्ज शिवप्रकाश ढकालले आ–आफ्नाे संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार दुई निकायबीच डिजिटल इकोसिस्टम बिस्तार भएसँगै अब, प्राइमसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।
नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।
सोलुसन्स् ले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई आफ्नो नेटवर्कमा जोडिसकेको छ ।