बेइजिङ्ग। चिनियाँ राष्ट्रपति शी जिनपिङले २० मे बुधबारका दिन दुइ दिने राजकीय भ्रमणका लागि बेइजिङ्ग पुगेका रूसमा राष्ट्रपति पुटीन सँगकाे भेट-बार्ताकाे क्रममा चीन-रूसको सम्बन्ध समग्र रणनीतिक समन्वय उच्च गुणस्तरको बनाउन र सम्बन्धित विकासलाई प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चिनीयाँ राष्ट्रपति शीले चीन र रसियाको समग्र रणनीतिक समन्वयलाई अझ उच्च गुणस्तरमा पुर्याएर दुवै देशको विकास र पुनर्जागरणलाई अघि बढाउन आह्वान पनि गरेका हुन्।
चिनीयाँ राष्ट्रपति शीले यी टिप्पणीहरू बेइजिङको ग्रेट हल अफ द पीपुलमा चीनका दुइ दिने राजकीय भ्रमणमा रहेका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगको महत्वपूर्ण वार्ताको भेट-क्रममा यो धारणा ब्यक्त गरेका हुन्
शीले यस महत्वपूर्ण अवसरमा यो चालु वर्ष चीन-रुस रणनीतिक समन्वय साझेदारीको ३० औं वार्षिकोत्सव र चीन र रसियाबीचको असल छिमेकी र मैत्रीपूर्ण सहकार्य सन्धि हस्ताक्षर भएको २५ औं वार्षिकोत्सव भएको पनि स्मरण गरे।

चीन-रुस सम्बन्ध समयके यति दूरीसम्म क्रमशः पुगेको किन छ भने दुवै देशहरूले अडिग दृढतासाथ परस्पर राजनीतिक विश्वास र रणनीतिक समन्वयलार्इ गहिरो पार्दै आएका, सधैं नयाँ उचाइहरूमा पुग्ने उद्देश्यले सहयोग विस्तार गर्दै आएका छन्, र अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको रक्षा गर्दै मानवताका साझा भविष्यको समुदाय निर्माणलाई उच्च र पहिले प्राथिमकता दिदै आएका छन् । उनले भने कि अन्तर्राष्ट्रिय स्थिति तरल र अस्थिर छ। “एकपक्षीयता र प्रभुत्ववाद पुनः उदाउँदैछन्, तर शान्ति, विकास र सहकार्य जनताको आकाङ्क्षा र हाम्रो समयको प्रमुख प्रवृत्ति रहिरहेकाछन्,” उनले थप प्रष्ट पारे ।

“संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य र विश्वका महत्वपूर्ण प्रमुख देशहरूको रूपमा, चीन र रुसले दीर्घकालीन र रणनीतिक दृष्टिकोण लिनु पर्छ, उच्च गुणस्तरको व्यापक रणनीतिक समन्वयमार्फत हाम्रा सम्बन्धित देशहरूको विकास र पुनरुत्थानलाई अगाडि बढाउनु पर्छ, र विश्व शासकीय प्रणालीलाई अझ न्यायपूर्ण र तर्कसंगत बनाउने काम गर्नु पर्छ,” शीले भने । अन्त्यमा उनले भने यस दिशामा अडिग सङ्कल्पका साथ अघि बढाउँदै आएका छन् ।
बिभिन्न अन्तर्राष्ट्रिय श्राेत
नेपालपत्र संवाददाता