शनिबार, आश्विन १७ गते २०८३

पर्सामा नेपाल कम्युनिष्ट पार्टीको तदर्थ समिति बन्यो 

मंसिर १२, २०७८ आइतबार
पर्सामा नेपाल कम्युनिष्ट पार्टीको तदर्थ समिति बन्यो 

बीरगञ्ज । पर्सामा आयोजित यूवाहरुको एक भेलाले हिजो दुइ नम्बर प्रदेशको पर्सा जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको तदर्थ समिति गठन गरेको छ । बिरेन्द्रकुमार मुखियाको संयोजकत्वमा गठित सो समितिमा अध्यक्ष बिरेन्द्रकुमार मुखिया, उपाध्यक्ष कृष्ण महतो नुनियाँ सचिव सुनिल कुमार मुखिया(इञ्जिनीयर) तथा सदस्यहरुमा नरेश मुखिया, महेश मुखिया, राजकिशोर मुखिया र प्रभु मुखिया रहेका छन् । 


भेलाले संगठन बिस्तार गर्ने, नेपाल कम्युनिष्ट पार्टीका दस्ताबेज सम्वन्धि प्रदेश स्तरीय छलफलमा भाग लिन मंसिर २५ गते जनकपुर जाने र देश र जनतामाथि माथि भइरहेका शोषण, उत्पीडन तथा छलकपटका बिरुद्ध शसक्त आवाज उठाउने निर्णय लिएको  छ।


सो भेलालाई सम्वोधन गर्दै प्रदेश न दुइका नेपाल कम्युनिष्ट पार्टीका इञ्चार्ज लोकनारायण सुबेदी, प्रदेश अध्यक्ष रामदुलार महतो,   केन्द्रिय सचिवालय सदस्य तथा धनुषा जिल्ला अध्यक्ष सत्यनारायण मुखिया तथा केन्द्रिय सदस्य बिपत्ती मण्डल र पर्सा जिल्ला संयाेजक बिरेन्द्रकुमार मुखियाहरूले नेपालमा नक्कली कम्युनिष्टहरुको बिगबिगी बढेको, जनतालाई भ्रमित बनाइएको र कम्युनिष्ट आन्दोलनलाई क्षत बिक्षत तुल्याइएकोले जनता सचेत, सतर्क र साबधान हुनु पर्ने, आफ्ना हक हितका लागि एकताबद्ध भएर संयुक्त आन्दोलन गर्नु पर्ने जनतालई उठाउने जगाउने र अघि बढाउने कम्युनिष्ट आन्दोलनको रक्षा र बिकास गर्नु पर्ने कुरामा जोड दिदैन जनताको इतिहासको खोजी गर्ने यो आन्दोल कसैले बिथोलेको भरमा सकिदैन र निरन्तर अघि बढ्छ भन्ने दृढता ब्यक्त गरेका थिए । कार्यक्रममा यूवा बिद्यार्थी र पाका अनुभबी संघर्षशील ब्यक्तित्वहरुको उपस्थिति रहेको समाचारमा जनाइएको छ ।