बुधबार, भाद्र ३ गते २०८३

एन आई सी एशिया बैंकद्वारा श्री सरस्वती माध्यमिक विद्यालयलाई सहयोग


बैशाख १७, २०८३ बिहीबार
एन आई सी एशिया बैंकद्वारा श्री सरस्वती माध्यमिक विद्यालयलाई सहयोग


एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी–५, कैलालीस्थित   सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।

विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको हो ।  एक कार्यक्रमका बीच यस बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले उक्त विद्यालयका प्रधानाध्यापक  योगेन्द्र राज ओझाज्यूलाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरेका थिए ।

फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।