नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
कार्यालयका अनुसार उपभोक्ता मूल्यका आधारमा गरिएको उक्त प्रक्षेपणमा वास्तविक मूल्यमा आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिए पनि संशोधित तथ्यांकअनुसार ४.४३ प्रतिशतमा सीमित भएको थियो।
गत बर्ष अर्थतन्त्रको आकार करिब ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो। सरकारले चालु आवको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। तर माघमा गरिएको अर्धवार्षिक समीक्षामार्फत अर्थ मन्त्रालयले उक्त लक्ष्य घटाएर ३.५ प्रतिशतमा झारेको थियो।
नेपालपत्र संवाददाता