शनिबार, कार्तिक ८ गते २०८३

जुन देशमा आफ्नो सम्मान, जिविका, विद्या आर्जन, बन्धु-बान्धव केही हुँदैन, त्यस्तो देशमा बसोवास गर्नु हुँदैन : चाणक्य


बैशाख १३, २०८३ आइतबार
जुन देशमा आफ्नो सम्मान, जिविका, विद्या आर्जन, बन्धु-बान्धव केही हुँदैन, त्यस्तो देशमा बसोवास गर्नु हुँदैन : चाणक्य
 
 
चाणक्य ई.पू. चौथो शताब्दीका बहुयोग्यता, बहुआयामिक व्यक्तित्व र बहुसंज्ञाका उद्भट विद्वान व्यक्तित्व हुन् । गुरू, अर्थशास्त्री, कुटनीति, दार्शनिक, विधिबेत्ता र शाही सल्लाहकार जस्ता अनेकौँ वि
लक्षण प्रतिभा आजसम्म स्थापित र आकर्षित छन् । चन्द्रगुप्त मौर्य (जन्म ३४० ई.पू. राज ३२१-२९७ ई.पू.) र उनका छोरा बिन्दुसार (राज २९८-२७३ ई.पू.) लाई यिनले शासनमा बौद्धिक सहयोग गर्दथे ।
अर्थशास्त्रमा उनको नाम कौटिल्यका रुपमा सुपरिचित छ भने राजनीतिमा विष्णुगुप्तका रुपमा । मौर्य साम्राज्य स्थापनामा यी चतुर विद्वानको असाधारण योगदान थियो । उनको विषयवस्तुमा भारतीयले ५ वटा फिल्म र टीभी सिरियल बनाएका छन् ।
 
Mauryasamrajya.jpg
 
मौर्य साम्राज्यको विस्तारसँगै बौद्ध धर्मको प्रभाव र विस्तार भएको तथ्यको आधार उत्तरी अफगानिस्तानको बामियानस्थित विशाल पहरामा मौर्य सम्राट चन्द्रगुप्तले बनाउन लगाएका उभिएका विशाल बुद्ध मूर्तिहरू, जो तालिवान प्रशासनले २००१ मा ध्वस्त गरेको थियो, बाट प्रमाणित हुन्छ ।
नेपालमा चाणक्य नीति, कौटिल्य (उनै) को अर्थशास्त्रका आधारमा लिच्छबी शासन र मल्लकालका राजपाट प्रभावित थिए । त्यसैले राजनीति र प्रशासनको काम गर्ने अमात्य, राजकोषको जिम्मेवारी लिने राजभण्डारी, सैनिक मामिलामा जिम्मेवारी सम्हाल्ने मास्के जस्ता ब्यावसायिक शब्दावली आज नेवार समुदायको थरका रुपमा जानिन्छ, जो चाणक्य नीतिमा पाइन्छन् ।