सप्तरी, नेपाल कम्युनिष्ट पार्टीको एक भेलाले सप्तरी जिल्ला कार्य समितिको पुनर्गठन गरेको छ ।
भेलाले नेकपाको सप्तरी जिल्ला तदर्थ समिति गठन गरेको छ । पुराना कम्युनिष्ट नेता मुन्सिलाल दासको अध्यक्षता तथा पार्टीका सह–संयोजक लोकनारायण सुवेदी, केन्द्रिय सचिवालय सदस्य रामदुलार महतो र राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्य एसबी कडारीको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
भेलाले चन्द्रदेव राम अध्यक्ष, देविका मगर उपाध्यक्ष तथा दुखीलाल चौधरी सचिव रहेको १० सदस्यीय तदर्थ जिल्ला कार्य समिति गठन गरेको छ । अरु सदस्यहरु अर्को बैठकमा थप गर्ने गरी भेलाले सदस्यहरुमा अशोक सदा, मुक्तिलाल चौधरी, रघुनन्दन चौधरी, प्रमोदनारायण दास, मिना राई, सुजाता ढकाल र देबबहादुर बिश्वकर्मा चयन गरेकाे छ। समितिले राष्ट्रिय सम्मेलन सफल पार्न दस्तावेजमाथि छलफल चलाउने, सदस्यता नविकरण र संगठन विस्तार गर्ने निर्णय समेत लिएको छ ।