खलिल जिब्रान (१८८३–१९३१) लेबाननमा जन्मेका प्रख्यात आप्रवासी अमेरिकी कवि तथा लेखक हुन् । दार्शनिक तथा आध्यात्मिक वस्तुवादिता यिनका लेखमा पाइने रुमानी रस हो । उनी अरबी र अँग्रजी दुबै भाषामा लेख्ने गर्थे । काब्यात्मक रुपमा लेखिएको फिक्सन ‘द प्रोफेट’ (ईश्वरदूत) त यिनको कल्पना शक्तिको बेजोड प्रतिक मानिन्छ । 'ब्रोकन विङ्स', 'म्याडम्यान', 'फोर रनर' पनि उनका उत्कृष्ट कृति हुन । ‘द प्रोफेट’ लेखेपछि उनमा यस्तो भूत सवार भयो कि कयौँ दिनसम्म उनी ढोका थुनेर कोठाभित्रै बस्ने गर्थे । खुब रक्सी पिए ।
अति रक्स्याहा भएको कारण उनलाई टीबी र सिरोसिस रोगले जकड्यायो । यिनै रोगबाट उनको ४८ वर्षमा निधन भयो । उनको इच्छा अनुरुप उनलाई लेबाननको एक गिर्जाघरमा दफनाइयो । यिनको निधनपछि पनि हजारौँ मानिस यिनलाई हेर्न आएका थिए । यिनका रचनाहरूले सेक्सपियर र लाओ जूका कृतिहरूपछि धेरै बिक्ने रेकर्ड राखेका छन् । ४० भाषामा प्रकाशित खलिल जिब्रानको प्रख्यात कृति ‘काटिएका पखेटा’(The Broken Wings) मा उनले एउटा अध्याय नै आमाको महिमाका लागि लगाएका छन् । माथिको भनाई त्यसैबाट झिकिएको हो, जसको पूर्णरुप :
“मानवजातिको ओठमा सबभन्दा सुन्दर शब्द नै ‘आमा’हो, अनि सुन्दर पुकार नै ‘मेरी आमा’ हो । यो आसा र प्रेमले भरिपूर्ण शब्द हो, जो दिलको गहिराईबाट आईरहेको मीठो र ममतामय लबज हो । आमा सबैथोक हुन्, दुःखमा हाम्री सान्त्वना हुन्, वेचैनीका बेला आसा हुन् अनि कमजोरीमा हाम्री शक्ति हुन् । उनी प्रेम, दया, सहानुभूति र क्षमाशिलताकी स्रोत हुन् ।"
"जसले आमा गुमाएको हुन्छ, उसले आशिर्वाद दिने र निरन्तर रक्षा गर्ने एक पवित्र आत्मालाई गुमाएको हुन्छ। प्रकृतिका हरेक चिजले आमालाई ईंगित गर्छ । सूर्य पृथ्वीकी आमा हुन् र यसलाई आफ्नो श्रवणको पोषण दिने गर्छन्; सूर्यले रातमा ब्रम्हाण्डलाई कहिल्यै पनि छोड्दैनन्, त्यतिबेलासम्म समुद्रको गीत र पंक्षीहरू र झरनाका भजनका बीच पृथ्वीलाई सयनका लागि राख्दैनन् ।""यो पृथ्वी वृक्ष र फूलहरूकी आमा हुन् । उनीहरूलाई यिनैले जन्माउँछिन्, पाल्दछिन्, र स्तनपानबाट हुर्काउँछिन । वृक्ष र फूलहरू (पनि) आफ्ना महान फल र बीऊका दयालु आमा बन्दछन् । तब आमा शाश्वत आत्मा, सुन्दरता र स्नेहले भरिएकी सम्पूर्ण अस्तित्ववान्हरूकी मूलरुप हुन् ।”
•••
"इच्छा आधा जीवन हो र उदासिनता आधा मृत्यु । मन्दीरको द्वारमा हामी सबै भिखारी हौँ ।"
चन्द्रमणि गाैतम