बुधबार, भाद्र ३ गते २०८३

शरीर र मन अलग छैनन्, एउटा प्रभावित भयो भने अर्कोमा असर पर्दछ : सुश्रुत


चैत्र २२, २०८२ आइतबार
शरीर र मन अलग छैनन्, एउटा प्रभावित भयो भने अर्कोमा असर पर्दछ : सुश्रुत
पहिलो आयुर्वेद सर्जन
शल्य चिकित्सा (सर्जरी) का जनक (सर्जन) र सुश्रुत-संहिताका प्रणेता आचार्य सुश्रुतकाे जन्म विश्वामित्रको वंशमा ई.पू.छैटौं शताब्दीतिर बनारसमा भएको थियो। उनलाई स्वास्थ्यशिक्षा धन्वन्तरिबाट प्राप्त भएको थियो । उनले औषधोपचार र सर्जरीका धेेेरै चेलाहरू बनाए । सुश्रुतले शल्य चिकित्सामा अद्भुत कौशल अर्जित गरेका थिए तथा यसकाे ज्ञान अन्य व्यक्तिहरूलाई दिए।
Surhrut2.jpg
सुश्रुतसंहितामा शल्य चिकित्साका विभिन्न पक्षलाई सविस्तार उल्लेख गरिएको छ। सर्जरी गर्दा सुश्रुत १२५ किसिमका उपकरणकाे प्रयोग गर्दथे। यी उपकरणमा विशेष प्रकारका चक्कू, सुई, सियो, चिम्टी आदि छन्। सुश्रुतले ३०० प्रकारका अपरेशन प्रक्रियाको खोज गरे।
 
आठौं शताब्दीमा सुश्रुत संहिताकाे अरबी अनुवाद, 'किताब-इ-सुश्रुत' प्रकाशित भएको थियो। सुश्रुतले चिरफार जन्म (scissoring birth), मोतीविन्दु, आँखालगायत कस्मेटिक सर्जरीमा विशेष निपुणता हासिल गरेका थिए। साथै, आयुर्वेदको अन्य पक्ष, जस्तो शरीर संरचना, काया-चिकित्सा, बाल रोग, स्त्री रोग, मनोरोग आदिको शिक्षाको पनि बिकास गरे ।
सुश्रुतले आफ्नो शल्यक्रिया कक्ष (Operation Theatre) मा उपयोग गरेका औजारहरू
 
sergerykits.jpg
२५०० सयवर्ष अघि नै सुश्रुत बिग्रिएको नाकलाई प्लास्टिक सर्जरीद्वारा ठीक गर्न सक्दथे । यसको उत्पत्तिको जरो सिन्धु नदी र उपत्यकामा पुग्दछ ।
मानव शरीरको आन्तरिक संरचनाबारे सिकाउनका लागि सुश्रुत शवलाई शल्यक्रिया गरी आफ्ना शिष्यहरूलाई बुझाउँदथे। सुश्रुत संहिता आधुनिक आयुर्वेद पाठ्यक्रममा पनि आउँछ।