हिमालयन बैंकले आफ्नो संस्थापक समूहको १० प्रतिशत सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले यस सम्बन्धी निर्णय गरेको हो ।
बैंकका अनुसार सञ्चालक समितिको ४९३औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
बैंकले हाल कायम रहेको पुँजीको आधारमा यो प्रक्रिया सुरु गर्न लागेको हो । यसका लागि आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित नियामक निकायहरू (नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड लगायत) बाट स्वीकृति प्राप्त भएपछि मात्र संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता