बुधबार, भाद्र ३ गते २०८३

हामी न्याय कसैलाई बेच्नेछैनौँ, हामी न्याय दिन इन्कार गर्नेछैनौँ, हामी न्यायमा ढिलाई गर्नेछैनौँ : म्याग्ना कार्टा


चैत्र १३, २०८२ शुक्रबार
हामी न्याय कसैलाई बेच्नेछैनौँ, हामी न्याय दिन इन्कार गर्नेछैनौँ, हामी न्यायमा ढिलाई गर्नेछैनौँ : म्याग्ना कार्टा
सन् १२१५ मा बेलायतका अत्याचारी र निरंकुश राजा जोहनलाई काबुमा राख्न त्यहाँका ब्यारोन (भारदार) हरूले म्याग्ना–कार्टा (बडापत्र) को नामले एउटा लिखत गराए । Magna भन्नाले great हो Carta भनेको अर्थ Charter, अर्थात् The Great Charter (बडापत्र) भन्ने हो, हामीले धर्मपत्र वा महाधिकारपत्र भनेको ।
raja.jpg
म्याग्नाकार्टा, गर्ने र गराउने दुवै प्रजातन्त्रवादी भएकोले उत्पत्ति भएको चाहिँ होइन । राजाले राज्यको चरम दुरुपयोग गरेको महसुस गरी भारदारहरूले राजालाई लखेटेपछि दक्षिणपश्चिम लण्डनको रनीमेड भन्ने ठाउँमा पुगेपछि राजा यो महाधिकारपत्र (धर्मपत्र) गर्न तयार भएका थिए । म्याग्नाकार्टामा ६३ दफा छन् । माथि प्रस्तुत प्रतिबद्धता, दफा ४० को हो ।
राजा भारदारहरूकाे घेरामाभारदारहरूको घेरामा राजा जोहन म्याग्नाकार्टामा दस्तखत गर्दै
rajagherau.jpg
बेलायतको लिखित संविधान भन्नु नै योबाहेक केही छैन। म्याग्नाकार्टाका कतिपय बुँदाका भावना आज विश्वका धेरै मुलुकमा लागु भएको छ । जस्तो कि म्याग्नाकार्टामा उल्लेखित एउटा बुँदामा ‘हामी जनताका प्रतिनिधिको सहमतिबिना जनताबाट कर उठाउने छैनौँ’ भन्ने छ ।
अमेरिकी स्वतन्त्रता संग्रामको एक मूख्य नारा (Battle Cry) "जनप्रतिनिधित्व नभए कर उठाउन नपाउने" (No taxation without representations) नारा म्याग्नाकार्टाकै उत्प्रेरणा हो । संसारका लोकतान्त्रिक पद्धतिहरूमा कर वा राष्ट्रिय आयव्ययको सम्पूर्ण रेखदेख तथा नियन्त्रण जनप्रतिनिधिमूलक संसद/व्यवस्थापिका ले गर्ने परम्परा छ । जनप्रतिनिधिले मात्र निर्माण गरेको कानुन राज्यलाई मान्य हुने व्यवस्था पनि यसैको उत्प्रेरणा हो भन्न मिल्छ ।