बुधबार, भाद्र ३ गते २०८३

मिरा ईआरपीमा कर्जा तथा डकुमेन्ट व्यवस्थापन सुविधा थप


चैत्र १२, २०८२ बिहीबार
मिरा ईआरपीमा कर्जा तथा डकुमेन्ट व्यवस्थापन सुविधा थप

 

काठमाडौं । मिरा ईआरपी सफ्टवेयरमा कर्जा प्रक्रिया र कागजात व्यवस्थापनसम्बन्धी नयाँ मोड्युल थपिएको छ। नियाेसिस टेक्नाेलाेजी द्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूमा कर्जा प्रवाह प्रक्रियालाई पूर्ण रूपमा डिजिटल र स्वचालित बनाउने लक्ष्य लिएको छ।

कम्पनीका सीईओ Manoj Tiwari का अनुसार, नयाँ मोड्युलले कर्जा स्वीकृतिदेखि धितो व्यवस्थापनसम्मको सम्पूर्ण काम एउटै सिस्टमबाट सञ्चालन गर्न सकिने बनाएको छ। सिंगल लगिन प्रणालीमार्फत कर्जा प्रशोधन हुँदा सदस्य पहिचान, कर्जा योग्यता परीक्षण, फाइभ–सी विश्लेषण, धितो मूल्यांकन र कारोबार इतिहासको विश्लेषण प्रणालीले नै गर्नेछ, जसले जोखिम घटाउने र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

यो प्रणालीले नियामक निकायका लागि आवश्यक रिपोर्टिङलाई पनि सहज बनाएको छ। काेपाेमिस मा पठाउनुपर्ने विवरण, टीटीआर रिपोर्ट तथा अन्य तथ्यांकहरू सजिलै एक्सेल फर्म्याटमा उपलब्ध हुन्छन्। साथै कर्जा सूचना केन्द्रमा अनिवार्य रिपोर्टिङलाई समेत सफ्टवेयरबाटै एकीकृत गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।

सुरक्षाका हिसाबले  प्रमाणित प्रणालीमा ‘डिजिटल डकुमेन्ट भल्ट’ सुविधा रहेको छ, जसले कर्जा र धितोसम्बन्धी संवेदनशील विवरण सुरक्षित राख्छ। हाल ७०० भन्दा बढी सहकारी संस्थाले प्रयोग गरिरहेको मिरा ईआरपीले बचत–ऋण, लेखा, सदस्य व्यवस्थापन, मोबाइल बैंकिङ, एसएमएस अलर्टलगायतका सुविधा दिँदै आएको छ।

क्लाउडमा आधारित SaaS प्रविधिमा निर्माण भएकाले यो सफ्टवेयर प्रयोग गर्न अतिरिक्त सर्भर वा भौतिक पूर्वाधार आवश्यक पर्दैन। यसले सहकारीहरूलाई आधुनिक बैंकिङ र डिजिटल वालेटसरह सेवा प्रदान गर्दै ‘पेपरलेस’ प्रणालीतर्फ अघि बढाउन सहयोग गर्ने विश्वास गरिएको छ।