आइतबार, आश्विन १८ गते २०८३

बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ६ प्रतिशतको वृद्धि, पुग्याे ७६ खर्ब ९७ अर्ब माथि


फाल्गुण २८, २०८२ बिहीबार
बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ६ प्रतिशतको वृद्धि, पुग्याे ७६ खर्ब ९७ अर्ब माथि


बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले  प्रतिशत गरेको यस आर्थिक बर्षको माघसम्मको देशको वर्तमान  आर्थिक तथा वित्तीय स्थितिले सो देखाएको होे । बैंक तथा वित्तीय संस्थामा माघ मसान्तसम्म निक्षेपमा ४ खर्ब ३३ अर्ब ७१ करोडले वृद्धि भई रु. ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशत (रु.२४५ अर्ब ३४ करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।  त्यैगरी  २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, ४२.८ प्रतिशत र ४१.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको  छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत रहेको थियो । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत रहेको थियो।

त्यसैगरी यस अवधिमा  अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशत वसद्धि भएको छ । गत माघसम्ममा २ खर्ब २१ अर्ब ८४ करोडले बढी रु.५७ खर्ब १९ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत (रु.२८३ अर्ब ४६ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा  ८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ । यस आर्थिक बर्षको  माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.२ प्रतिशत, विकास बैंकहरूको ३ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.८ प्रतिशतले बढेको छ ।  

गत माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ ।  गत आर्थिक बर्षको माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.४ प्रतिशत र ६५.१ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८२÷८३ को सात महिनामामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेव क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११.० प्रतिशत, हायर पर्चेज कर्जा ९.३ प्रतिशत, आवधिक कर्जा ३.१ प्रतिशत, रियल स्टेट कर्जा ( व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत, क्यास क्रेडिट कर्जा २.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा १.८ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.४ प्रतिशतले घटेको छ ।