आइतबार, आश्विन १८ गते २०८३

वित्तीय कारोबार गर्दा सेवा प्रदायक र ग्राहक निश्चित शर्तमा बाँधिने हुँदा बुझेर मात्र हस्ताक्षर गर्न आग्रह


फाल्गुण २६, २०८२ मंगलबार
वित्तीय कारोबार गर्दा सेवा प्रदायक र ग्राहक निश्चित शर्तमा बाँधिने हुँदा बुझेर मात्र हस्ताक्षर गर्न आग्रह

नेपाल राष्ट्र बैंकले जुनुसकै  वित्तीय करोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न आग्रह गरेको छ । राष्ट्र बैकले आज एक सूचना जारी गर्दै वित्तीय कारोबार गर्दा सेवा प्रदायक र ग्राहक दुबै  पक्ष निश्चित शर्तमा बाँधिने भन्दै बुझेर मात्र हस्ताक्षर गर्न भनको छ । ग्राहकले वित्तीय सेवा लिनु अघि सर्तहरु पढ्न र बुझ्न भनेको  छ । 

नबुझिएमा प्रश्न सोधी प्रष्ट हुन र हस्ताक्षर गरिएका कागजको एक प्रति आफुले सुरक्षित राख्न समेत राष्ट्र बैंकले भनेको छ । ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुने र ग्राहकलाई शर्तहरु बुझाउने जिम्मेवारी वित्तीय सेवाप्रदायकहरुको भएको सूचनामा भनिएको छ ।

साथै, नियमनुसार वित्तीय सेवा प्रदायकलाई आवश्यक पर्ने कारोबार सम्बन्धी सूचना र  विवरण उपलब्ध गराउनु ग्राहकको दायित्व रहेको सूचनामा उल्लेख छ । ग्राहकले सोधेका प्रश्नको सही र सरल जवाफ दिनु,ग्राहकको कारोबारसम्बन्धी पूर्ण  सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायकको दायित्व भएको राष्ट्र बैंकले प्रष्ट पारेको छ ।