काठमाण्डौ। बितेको २० बर्षयता तीन दोब्बरले सम्पत्ति बढेर चीन बिश्वमै सबैभन्दा धनी देश भएको छ र अमेरिकालाई उछिनेको छ । यो कुरा परामर्श दाता म्याकिञ्जे एण्ड कम्पनीले सार्बजनिक गरेको प्रतिबेदनले जनाएको छ । यो कम्पनीले चीन बिश्व ब्यापार संगठन(डब्लुटीओ)को सदस्य बन्नुभन्दा एक बर्ष अगाडि देखिको सम्पत्तिको तथ्यांक सार्बजनिक गरेको छ ।
जनबादी गणतन्त्र चीन २००१ डिसेम्बर ११ मा बिश्व ब्यापार संगठनको सदस्य बनेको थियो । त्यस बिश्व ब्यापार संस्थाको सदस्य भए पछि यता चीनको अर्थतन्त्रमा तीब्र गतिले बिकास हुँदैआएको बिज्ञहरुले बताउने गरेका थिए । तथ्यांक अनुसार २० बर्ष पहिला सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर थियो भने २०२० आइपुग्दा त्यो बढेर २० ट्रिलियन डलर भएको छ । यसरी बिश्वको कूल सम्पत्तिको एक तिहाई भाग चीनको सम्पत्ति बन्न पुगेको प्रतिबेदनमा उल्लेख छ ।

यस प्रकार बिश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहँदै आएको संयुक्त राज्य अमेरिका अब बिश्वकाे कूल सम्पत्तिमा चीनभन्दा पछि परेको छ। यस समयको अन्तरालमा अमेरिकाको कूल सम्पत्ति ९० ट्रिलियन डलरले बढेको बताइन्छ । अनि जनसंख्याको हिसाबले बिश्वमै पहिलो रहेको चीनलाई भूभागको क्षेत्रफलको हिसावले बिश्वको चौथो देश मानिन्छ ।
अहिले म्याकिञ्जे एण्ड कम्पनीले बिश्वका १० वटा देशहरुको राष्ट्रिय तथ्यांकका आधारमा यो बिश्व सम्पत्तिको प्रतिबेदन तयार पारेको हो । कम्पनीले उल्लेख गरेका देशहरुमा चीन, अमेरिका, फ्रान्स, जापान, अष्ट्रेलिया, स्वीडेन, क्यानाडा, जर्मनी, मेक्सिको र बेलायत रहेका छन् ।