बुधबार, भाद्र ३ गते २०८३

बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि,पौष मसान्तसम्म ७६ खर्ब ८१ अर्ब माथि


माघ २०, २०८२ मंगलबार
बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि,पौष मसान्तसम्म ७६ खर्ब ८१ अर्ब माथि


 बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको यस आर्थिक बर्षको पौष समान्तसम्मको देशको वर्तमान  आर्थिक तथा वित्तीय स्थिति अनुसार निक्षेप  (रु.४१७ अर्ब ४८ करोड) ले वृद्धि भई रु.७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत (रु.२३९ अर्ब ६ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको छ ।  गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको  छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो ।  गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.१ प्रतिशत रहेको छ ।   गत बर्षको  पुस मसान्तमा यस्तो निक्षेपको अंश ३५.५२ प्रतिशत रहेको थियो।  

त्यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत (रु.१९७ अर्ब ४७ करोड) ले बढी रु.५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२६५ अर्ब ५६ करोड (५.२ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ ।  गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३.७ प्रतिशत, विकास बैंकहरूको २.९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।    

यस आर्थिक बर्षको पुस मसान्तमा  बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.९ प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२÷८३ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्जा ३.० प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा क्रमशः ३.३ प्रतिशतले घटेको