आइतबार, आश्विन १८ गते २०८३

हिमालयन बैंकको ३३ औं साधारण सभा सम्पन्न


माघ ४, २०८२ आइतबार
हिमालयन बैंकको ३३ औं साधारण सभा सम्पन्न

हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष  प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । सभामा  संचालक समितिको तर्फबाट अध्यक्ष  श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत  गरेका थिए । 

बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जिव एण्ड एसोसियटलाई पुनः नियुक्त गरेको छ ।

यसैगरी नियामक  निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।