बुधबार, भाद्र ३ गते २०८३

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

पौष १९, २०८२ शनिबार
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९  कार्यक्रम घोषणा

 ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत देशव्यापी रूपमा १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले वार्षिकोत्सवलाई सामाजिक योगदानसँग जोड्दै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिमा केन्द्रित कार्यक्रम अघि सारेको हो । 
बैंकले यसअघि १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजारभन्दा बढी बिरुवा रोपण गर्ने घोषणा गरेको थियो । स्थानीय तह, संघ–संस्था तथा समुदायसँगको सहकार्यमा करिब २१ हजार बिरुवा रोपण गर्दै वातावरण संरक्षण तथा जीविकोपार्जनमा योगदान पुर्‍याएको थियो ।
१९औँ वार्षिकोत्सवका अवसरमा बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गर्दै सातै प्रदेश समेटिने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ प्रमुख आकर्षण
घोषित कार्यक्रमहरूमध्ये ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको छ । यसअन्तर्गत सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा स्त्रीरोग विशेषज्ञबाट स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर ९भीआईए० परीक्षण, गर्भाशय प्रोल्याप्सको उपचार तथा आवश्यक औषधि वितरण गरिने जनाएको छ ।

शिविरका क्रममा प्रारम्भिक रूपमा पहिचान भएका तथा गम्भीर अवस्थाका बिरामी महिलाको दोस्रो चरणमा शल्यक्रिया उपचारसमेत गरिने बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन् ।

आँखा उपचारदेखि स्वास्थ्य सेवा विस्तार
बैंकले सातै प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नेछ । आर्थिक अभावका कारण उपचार नपाएका गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यस कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छ ।

यसैगरी, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० विद्यार्थीको आँखा परीक्षण गरी आवश्यक चश्मा निःशुल्क वितरण गरिनेछ । सातै प्रदेशमा थप स्वास्थ्य शिविर सञ्चालन गरी न्यून आय भएका समुदायलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने भएको छ ।

जटिल तथा दीर्घ रोगका बिरामीलाई स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा आर्थिक सहयोगसमेत उपलब्ध गराउने बैंकले जनाएको छ ।

शिक्षा, वातावरण र सीप विकासमा जोड
शिक्षा क्षेत्रमा बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रा लाभान्वित भइसकेको यस कार्यक्रममा यस वर्ष थप ७७ छात्रा समावेश गर्ने भएको छ ।

दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, १,००० विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । साथै, अर्थशास्त्र, व्यवस्थापन र कानुन संकायमा उच्च शिक्षा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिनेछ ।

वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापनसम्बन्धी तालिमसमेत सञ्चालन गरिने बैकले जनाएको छ ।

वित्तीय साक्षरता र सामाजिक अभियान
मुख्य शहरहरूमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने आश्रम तथा बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग प्रदान गर्ने भएको छ । बालबालिकामा देखिँदै आएको अटिजमबारे चेतनामूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ ।

युवालाई स्वस्थ र अनुशासित बनाउँदै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले दुर्गम क्षेत्रका विद्यालय तथा समुदायमा खेलकुद सामग्री वितरण गरिनेछ । आयआर्जन क्षमता अभिवृद्धिका लागि ‘उद्यमशाला’ कार्यक्रममार्फत व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना ३५२ वटै शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै बैंकिङ प्रणालीमा पहुँच विस्तार गर्ने जनाएको छ ।

 ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत देशव्यापी रूपमा १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले वार्षिकोत्सवलाई सामाजिक योगदानसँग जोड्दै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिमा केन्द्रित कार्यक्रम अघि सारेको हो । 
बैंकले यसअघि १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजारभन्दा बढी बिरुवा रोपण गर्ने घोषणा गरेको थियो । स्थानीय तह, संघ–संस्था तथा समुदायसँगको सहकार्यमा करिब २१ हजार बिरुवा रोपण गर्दै वातावरण संरक्षण तथा जीविकोपार्जनमा योगदान पुर्‍याएको थियो ।
१९औँ वार्षिकोत्सवका अवसरमा बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गर्दै सातै प्रदेश समेटिने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ प्रमुख आकर्षण
घोषित कार्यक्रमहरूमध्ये ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको छ । यसअन्तर्गत सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा स्त्रीरोग विशेषज्ञबाट स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर ९भीआईए० परीक्षण, गर्भाशय प्रोल्याप्सको उपचार तथा आवश्यक औषधि वितरण गरिने जनाएको छ ।

शिविरका क्रममा प्रारम्भिक रूपमा पहिचान भएका तथा गम्भीर अवस्थाका बिरामी महिलाको दोस्रो चरणमा शल्यक्रिया उपचारसमेत गरिने बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन । बैंकले सातै प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नेछ । आर्थिक अभावका कारण उपचार नपाएका गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यस कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छ ।

यसैगरी, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० विद्यार्थीको आँखा परीक्षण गरी आवश्यक चश्मा निःशुल्क वितरण गरिनेछ । सातै प्रदेशमा थप स्वास्थ्य शिविर सञ्चालन गरी न्यून आय भएका समुदायलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने भएको छ । जटिल तथा दीर्घ रोगका बिरामीलाई स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा आर्थिक सहयोगसमेत उपलब्ध गराउने बैंकले जनाएको छ ।