आइतबार, आश्विन १८ गते २०८३

लक्ष्मी सनराइज बैंकको साधारण सभाले पारित गर्यो बोनस शेयर


पौष १५, २०८२ मंगलबार
लक्ष्मी सनराइज बैंकको  साधारण सभाले पारित गर्यो बोनस शेयर

 लक्ष्मी सनराइज बैंकको पच्चिसौं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आव २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप रु २८७ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आवमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।