सर्बोच्चले आठ बर्ष पहिला नै रोक लगाएको अनुबंश परिबर्तित जैब खाद्य ‘जीएमफुड’ सरकारले अप्रत्यक्षरुपमा जस्केलाबाट पैठारी गर्न थालेको कुराप्रति गम्भीर आपत्ति जनाउदै अखिल नेपाल किसान यूनियन लगायत चार किसान संगठनले जोडदार बिरोध गरेका छन् । मानिस, बातावरण र जैबिक बिबिधतालाई समेत नकारात्मक असर पार्ने त्यस्ता प्रतिबन्धित बस्तु मगाउने निर्णय फिर्ता लिन उनीहरूले माग गरेका छन् ।

अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरबराज रेग्मी तथा अखिल नेपाल प्रगतिशील किसान संघका ईञ्चार्ज कृष्ण रानाले संयुक्त रुपमा हस्ताक्षर गरेको त्यस संयुक्तकाे ब्यहाेरा निम्नानुसारकाे छ :