शनिबार, आश्विन १७ गते २०८३

मातृ भाषामा शैक्षिक पाठ्यक्रम

कार्तिक २५, २०७८ बिहीबार
मातृ भाषामा शैक्षिक पाठ्यक्रम

 शिक्षाको आदान–प्रदानमा बिश्वमा जहाँ पनि माध्यमको ठूलो योगदान रहेको हामी पाउँछौं । यस सन्दर्भमा सर्बबिदित कुरा के हो भने मातृ भाषा या स्थानीय भाषमा पढाउँदा बिद्यार्थीहरुले बढी तीब्रतापूर्बक सिक्छन् र जान्दछन् । किनभने त्यो उनीहरुले आफुले बोल्ने भएदेखि नै सुन्दै, सिक्दै र अनुकरण गर्दै आएको मातृ भाषा या स्थानीय भाषा हो ।
आजको बैज्ञानिक युगमा ब्यवसायिक ज्ञानको ठूलो महत्व छ । यसले मानिसमा कुनै न कुनै पेशा, ब्यवसाय या क्षेत्र रोज्न र त्यसमा तल्लिन भएर अध्ययन गर्नु पर्ने कुराको माग गर्दछ । यो आर्थिक–साँस्कृतिक जीवनसँग गासिने भएकोले जीबिकोपार्जन गर्ने, आत्मनिर्भर हुने र कार्यशील क्षमताको बिकास गर्ने निपूणताका आधार तयार गर्ने हुँदा यो वास्तवमा बिद्यार्थीहरुको जीवनको आधारशीला बन्न जान्छ । त्यसैले यस्तो ब्यवसायिक शिक्षा तीब्र गतिमा सिक्न सिकाउन मातृ भाषामा त्यो पठन पाठन गर्ने गरी पाठ्यक्रम तर्जुमा गरियो भने त्यसले शिक्षण र शैक्षिक गुणस्तर उकास्न पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा निर्बिबाद छ ।
निश्चितरुपमा यसो गर्न सकेमा राज्यको लगानी, परिवारको लगानी र मेहनती बिद्यार्थीहरुको सफलता तीनै कुराले सन्तोषजनक परिणाम दिन्छ । अनि यो सुरक्षित र सुनिश्चित भबिष्यका लागि पनि एउटा सशक्त आधार बनेर खडा हुन्छ । त्यसैको आधारमा देशको, समाजको नब निर्माण र समुन्नतिलाई बिश्वासिलो, भरपर्दो र उर्जाशील किसिमले अघि बढाउन सकिने बातावरण बन्छ । यो कम महत्वको कुरा होइन । शिक्षालाई  देशको समुन्नतिका लागि जन शक्ति तयार गर्ने सशक्त पूर्बाधार मानिन्छ नै । त्यसैले आजको युगमा जति बढी ज्ञान त्यति बढी बिकासको सन्दर्भ जुन छ त्यसलाई परिपूर्ति गर्न पनि ज्ञानलाई तीब्रता दिनु जरुरी भइसकेको छ । त्यसका लागि मातृ भाषामा शिक्षा लिने दिने कुराको महत्व अझ बढ्न जान्छ । तलैदेखि मातृ भषामा शिक्षा दिने ब्यबस्था मिलाएर उच्च शिक्षाका लागि पनि त्यसलाई जोड्ने हो भने त्यसबाट हुने तीब्र बिकास गतिले अहिलेसम्मको पछि परेको स्थितिको पनि भर्पाई गर्न सक्तछ । 
यसले आफुले बुझिरकेको भाषा, सँस्कृति र परम्पराका आधामा बनेका पाठ्यक्रमहरुबाट शिक्षा पाएर बिकास गरेको निपुणता र योग्यताको उपयोग गर्न पाउँदा देश बिशेषको समाज बिशेषको राष्ट्रिय क्षमता पनि स्वाभाविकैरुपमा बढेर जान्छ नै । यसले अरु पाठ्यक्रममा भएका भाषाहरु नसिक्ने नजान्ने भन्ने कुरा पनि हुँदैन । बरु बहुभाषी समाजमा अन्य भाषा सिक्ने र जान्ने उत्सुकता र जिज्ञाषा पनि यसले बढाउँदछ । जुन सकारात्मक कुरा हो । बैज्ञानिकहरुका खोज अनुसन्धानले बहुभाषाका ज्ञाता मानिसहरुको बौद्धिक तीक्ष्णता र आयु पनि बढ्ने गर्दछ भन्ने कुरालाई मध्यनजर राखेर यसलाई पनि बढावा दिनु शारिरीक र मानसिक स्वास्थ्यका लागि पनि उपयोगी कुरा हुन्छ । बिद्यार्थीहरुले आफ्नो प्रतिभा तिखार्ने र निखार्ने स्थिति बन्दछ । यसरी मात्र गुणस्तीय शिक्षाको स्थिति पनि बन्छ । चर्को शिक्षा शुल्क अन्य बाहिरी तामझामको प्रदर्शनले गुणस्तरीय शिक्षाको मर्म र भावनालाई समेट्न सक्तैन ।
हाम्रो देश बहुभाषी छ । यसले स्वाभावत बहुभाषी शिक्षाको माग गर्दछ । त्यसका लागि पाठ्यक्रम बिकास, प्रशिक्षण, तालिमा र अभ्यासको आबश्यकता पर्दछ । अनि यसको लागि केही समय पनि अबश्य लाग्दछ । तर अन्ततः यसले निपूण बिद्यार्थी र जनशक्ति मात्रै उत्पादन गर्दैन त्यसका अतिरिक्त भाषाको समेत बिकास र समृद्धि ल्याउनमा ठूलो मद्दत पुर्याउन सक्छ । भाषालाई यसरी जीवनोपयोगी बनाउने बातावरण सिर्जना गरेपछि यसले शिक्षालाई पनि जीवन र समाजोपयोगी बनाउने भूमिका खेल्दछ । तर केवल कोरा भाषाको बिकासको मात्र कुरा गरेर यसलाई जीवनसँग अर्थात् शिक्षा स्वास्थ्य र रोजगारीसँग गसिएन भने न भाषाको संरक्षण र सम्बद्र्धन हुन्छ न  शिक्षको गुणस्तरीयता न निपुण र दक्ष जनशक्तिको निर्माण नै हुन सक्छ । 
मातृ भाषा र शिक्षामा शिकाई प्रकृयाका बारेमा नेपालका एक पूर्ब बरिष्ठ महान्यायाधिबक्ता तथा मानबाधिकारका ज्ञाता रामानन्दप्रसाद सिंहले के भनेका छन् भने – ‘हामीले जुन आमाको काखबाट बोल्न सिक्छौ,तोते बोली बोल्छौ, त्यही बाषामा अरुसग कुराकानी गछौं त्यही नै मातृ भाषा हो । त्यही भाषामा हामी सपना पनि देख्ने गर्दछौ । यसरी चेतन अबचेतन दुबै अबस्थामा हामी मातृ भाषाकै प्रयोग गर्दछौ । त्यसैले यो भाषालाई मर्न दिनु हुँदैन । मारिनु हुदैन । शिकाइ प्रकृयाको प्राथमिक आधार मातृ भाषा नै । भाषाको मारिनु मानबाधिकारको, बाल अधिकारको हरण गर्नु जस्तै कुरा हो’ । यसरी रामानन्दप्रसाद सिंहले मातृ भाषाको संरक्षण सम्बद्र्धन मानबाधिकार र शिक्षाका लागि आवश्यक छ भन्ने कुरा मात्र  दर्शाएका छैनन् मानब श्रमको उपज यो मातृ भाषालाई मानब समाजको अध्ययन र अनुसन्धान र बिकासका लागि पनि जोगाउनु पर्ने आवश्यकता समेत औंल्याएका छन् । भाषिक अधिकार  राजनीति कुरा मात्र होइन, यो सामाजिक, आर्थिक र सास्ँकृतिक ब्यापक अधिकारको कुरा पनि हो । त्यसैले भाषा मर्यो भने समाज मर्दछ भन्ने कुरा अनि जाति मर्यो भने भाषा पनि मर्दछ भन्ने कुरा पनि लामो सयदेखि  चल्दै र बहस हुँदै आएको हो । भाषा समाजसँग जोडिएर बिकास हुने भएकोले भाषलाई एउटा जीवित कुरा हो भनिदै आएको  पनि हो । अतः भाषालाई जीवन्त राख्न शिक्षा क्षेत्रमा यसलाई बिभिन्न चरणमा प्रयुक्त गर्ने ठोस र प्रभावकारी उपायहरु अबलम्बन गरेर समाजोत्थानमा यसलाई लगाउदा नै भाषा पनि जोगिने शैक्षिक निपूणता पनि खारिने कुरा प्रष्टछ । बैज्ञानिक शिक्षको लागि लडाई र आमूल सामाजिक परिबर्तनका निम्ति पढाई भनिनुको सार्थकता पनि मूलतः यसरी मात्र सार्थक हुने कुरा