आइतबार, आश्विन १८ गते २०८३

एन आई सी एशिया बैंकको लकर सेवामा  विशेष छुट


मंसिर २१, २०८२ आइतबार
एन आई सी एशिया बैंकको लकर सेवामा  विशेष छुट

एन आई सी एशिया बैंकले आफ्ना ग्राहकले  बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ ।

निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहक महानुभावहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त  सकिने बैंकले जनाएको छ । ग्राहकहरुले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन् ।

बैंकले मुलुकभरका १५० वटा बैंक शाखाहरुमा ग्राहक महानुभावहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ । बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहक महानुभावहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।