बुधबार, भाद्र ३ गते २०८३

‘छोरी बचाउ अभियान’ अन्तर्गत आभाष सहकारीद्वारा दश हजार प्रदान


मंसिर १६, २०८२ मंगलबार
‘छोरी बचाउ अभियान’ अन्तर्गत आभाष सहकारीद्वारा दश हजार प्रदान

आभाष बचत तथा ऋण सहकारी संस्थाले छोरी अभियान अन्तर्गतको दश हजार रुपैया प्रदान गरेको छ । संस्थाले १६औं वार्षिकोत्सवको अवसरमा मंसिर १४ गते बनेपामा अवस्थित सिर मेमोरियल एड्भेन्टिस् अस्पतालमा पिता नवराज न्यौपाने र माता ऊषा न्यौपानेको कोखबाट जन्मेकी छोरीलाई उक्त रकम प्रदान गरेको हो । 

संस्थाले ‘समुदाय प्रति चासो” भन्ने सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २०७४ बैशाख १ गते देखि सुरुवात गरेको  थियो । संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास लक्ष्यलाई आधार मानि दिगो विकासका दुई लक्ष्य ‘स्वस्थ र समुन्नत समाज’ र ‘लैंगिक समानता’ हासिल गनको निम्ति समेत आभाषले ‘छोरी अभियान’ शुरु गरेको हो । संस्थाले हरेक नयाँ वर्ष र संस्थाको स्थापना दिवस मंसिर १४ गतका दिन शिर मेमोरियल अस्पताल, बनेपामा जन्मिने पहिलो छोरीलाई रकम प्रदान गर्ने गरेको छ।

संस्थाका मुख्य  प्रबन्धक सुवास वैद्यका अनुसार २०८२ मंसीरसम्म आइपुग्दा १४ जना छोरीहरुलाई संस्थाले उक्त रकम सहित स्वागत गरिसेकको छ। उक्त अस्पतालमा जन्मने संस्था सदस्य वा गैर सदस्यका पहिलो छोरीलाई संस्थाले १० हजार रकम दिने गरेको हो । छोराले मात्र कमाउन सक्छ र छोरीले कमाउन सक्दिन भन्ने भ्रमलाई चिर्दै छोरीले जन्मने बित्तिकै पनि कमाउन सक्छे भन्ने विश्वास समाजमा दिलाउनको लागि यो कार्यक्रमको सञ्चालन गरिएको उनको भनाई छ ।

chori aabhas.jpg

संस्थाले छोरीको १० महत्व यसप्रकार पहिचान गरेको छः

– छोरीले जति परिवारको हेरचाह कसैले पनि गर्न सक्दैन ।

– छोरी एउटा गाँठो हो जसले परिवारलाई एक सुत्रमा बाँध्दछ ।

– छोरीले परिवारमा उत्साह, उमंग र नयाँपन ल्याउँछिन् ।

– छोरीले परिवारका सदस्यहरुको खास अवसरहरु कहिले पनि बिर्संदैनन् ।

– छोरी एक असल श्रोता हो । तपाईं उनीसँग धेरै समय बिताउन सक्नुहुन्छ ।

– छोरी यात्राको लागि एक असल साथी हुन् ।

– छोरी मात्र एक त्यस्तो व्यक्ति हो जसले आफ्नो परिवारसँगै जिवनसंगीसँगको प्रेमलाई सन्तुलनमा राख्न सक्छिन् ।

– छोरी उत्तम हो तर के तपाईलाई लाग्दैन छोरी सर्वोत्तम हो ।