काठमाण्डौ । आज काठमाण्डौमा भएको प्रगतिशील बुद्धिजीवीहरुको एक भेलाले अखिल नेपाल प्रगतिशील बुद्धिजीबी संघ केन्द्रिय तदर्थ समिति गठन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. लोककनारायण सुबेदीको बिशेष उपस्थिति र क. महादीप पोखरेलको अध्यक्षतामा सम्पन्न भेलाले यो समति गठन गरेको समाचारमा जनाइएको छ । सो भेलामा उपस्थित बुद्धिजीवीहरुलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र नेपाली कम्युनिष्ट आन्दोलनको बिचलनकारी स्थितिबाट यसलाई मुक्त गरेर सही दिशा दिन निष्ठाबान क्रान्तिकारी कम्युनिष्टहरुको धुबीकरण र एकीकरण आजको ज्वलन्त राष्ट्रिय आवश्यकता हो । साम्राज्यबाद, प्रतिगमन र याथािस्थतिबाद बिरुद्ध एक भएर लड्नुको कुनै बिकल्प छैन भन्ने औंल्याउनु भएको थियो । उहाँले देशकाे किसानकाे अबस्था र कृषिकाे गएगुज्रकाे स्थिति बारे प्रकाश पार्दैर किसान समस्या हल नभइ राष्ट्रिय समस्या पनि हल नहुने कमरेड पुष्पलालकाे कुरा उल्लेख गर्नु भएकाे थियाे ।
त्यस भेलामा बुद्धिजीवी कमरेडहरु महादीप पोखरले, भूमि देबकोटा पुष्पर गौतम, निरेन्द्र कुँवर, सुशील भटराई, निर्ग नबिन, प्रेबहादुर थापा, बासुदेब नाथ, महेश पौडेल, खेम पौडले, प्रेम खनाल सबैले बोल्नु हुँदै कम्युनिष्ट आन्दोलनमा उत्पन्न गरिएका बिकृति र बिसंगतिहरुका बिरुद्ध लड्दै बद्लिदो परिप्रेक्षमा यो आन्दोलनलाई जनता र राष्ट्रको हितमा सही दिशामा अघि बढाउनु पर्ने र यसको भबिष्य उज्जल रहेको कुरामाथि प्रकाश पार्नु भएको थियो । त्यसमा निर्ग नबीनले बिशेष गरी कृषि मजदुर र किसानहरूमाथि भइरहेकाे शाेषण उत्पीडन बिरूद्ध स्वयं संघर्षरत रहेकाे कुरामा प्रकाश पार्नु भएकाे थियाे ।

भेलाले महादीप पोखरेलको संयोजकत्वमा अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको १५ सदस्यीय केन्द्रिय तदर्थ समिति गठन गरेको छ । यसले आगामी २०८३ असार ४ गते म्याक्सिम गोर्की स्मृति दिवसका अवसरमा राष्ट्रिय भेला गर्ने समेत महत्वपूर्ण निर्णय गरेको छ ।
यस समितिको सल्लाहाकारमा क.बद्रीनाथ अधिकारी, क. निरेन्द्र कुँगर र प्रेम खनाललाई भेलाले चयन गरेको छ । यो तदर्थ समिति र सल्लाकारमा आवश्यक प्रगतिशील बुद्धिजीवीहरु थप गरिने पनि भेलाले निर्णय लिएको छ ।
भेलाले 'नेपाल कम्युनिष्ट पार्टी किसानसँग' राष्ट्रिय अभियान अन्तरगत पौष ११ गते १३२औ माओ जयन्तिको अबसरमा सम्पन्न गरिने राष्ट्रिय किसान भेलाका सन्दर्भमा ‘नेपाली किसानका समस्या र समाधान’ बिषयमा बुद्धिजीवीहरुको गोष्ठी आगामी मंसीर २७ गते गर्ने महत्वपूर्ण निर्णय समेत लिएको छ । यसका लागि कृषि र किसानका सबै कुरा समेटेर एउटा बिचारपत्र तयार पार्ने उपसमिति पनि आजको भेलाले बनाएको छ ।
नेपालपत्र संवाददाता